शिक्षासहित चारवटा समितिको बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३४ पटक हेरिएको
Shares
शिक्षासहित चारवटा समितिको बैठक बस्दै

सारांश

  •   संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।
  • आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
  • सबै समितिका बैठक बिहान ८ देखि ११ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभाकक्षमा बस्ने छन् ।

१६ असार, काठमाडौं । 

संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज संसदीय सुनुवाइ समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ८ देखि ११ बजेसम्म सिंहदरबारस्थित आआफ्नै सभाकक्षमा बस्ने छन् ।

संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ हुन बाँकी सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश र न्याय परिषदका सदस्यको सुनुवाइ गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ । राज्य व्यवस्था समितिको बैठकमा नेपाल प्रहरी सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराउने सांसद सदस्यहरूसँग छलफल गर्ने तयारी छ । विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?