रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन २६, २०८२
|
|
३३ पटक हेरिएको
Shares
रौतहटबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ

सारांश

  • रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
  • इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो ।

२६ असोज, रौतहट ।

रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो ।

खानतलासीका क्रममा घलानको पाइन्टको गोजीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएका ९ किलो ३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उनीहरूको बयानका आधारमा प्रहरीले आइतबार बिहान करिब सोही समयमा कटानी टोलकै ४० वर्षीय ज्ञानबहादुर थिङ (उर्फ सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सञ्जु थिङको घरमा खानतलासी गर्दा स–साना २० पुरिया (करीब १.८६० ग्राम) ब्राउन सुगरजस्तो पदार्थ, ‘नाईट्राज्मा’ लेखिएका १३ वटा ट्याबलेट र नगद ६५ हजार १ सय रुपैयाँ बरामद गरिएको थियो । इलाका प्रहरी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बरामद लागु औषधको प्रारम्भिक परीक्षण भइरहेको छ । पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै
एसिया कपको फाइनल आज, भारत र पाकिस्तान भिड्दै
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
सई सुभाष यादव असार महिनाका सर्लाहीका उत्कृष्ट प्रहरी घोषित
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
शिक्षामन्त्री पोखरेल र बेलायती मन्त्री मल्होत्राबीच शिष्टाचार भेटवार्ता
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सहकारी विकास बोर्डको अनधिकृत संचरनामा ललितपुर महानगरले चलायो डोजर
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
अपाङ्गता भएकाहरूलाई हरेक क्षेत्रमा सबल बनाउन शिक्षा अपरिहार्य छः मन्त्री पन्त
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमय दर
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
भेनेजुएलामा ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पको धक्का
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मन्त्रिपरिषदको निर्णय : भूकम्पमा घाइते भएकाको सबै उपचार निःशुल्क
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम