विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ २५, २०८२
|
|
६७ पटक हेरिएको
Shares
विद्रोह गर्नुभन्दा चुनावमै जानु उपयुक्त ठान्यौं : अध्यक्ष लिङ्देन

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको भविष्य निर्माणको निर्णय नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताकाबीच नविनतम सम्झौता आवश्यक रहेको बताएका छन् ।
  • आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा उनले वर्तमान समस्याको समाधान चुनाव नभएपनि एउटा प्रजातान्त्रिक पार्टी भएकाले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भनेर होमिएको बताए ।
  • उनले भने,‘जुन निर्वाचनको घोषणा भएको छ त्यो निर्वाचन समस्याको समाधान होइन् ।

२५ माघ,  काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको भविष्य निर्माणको निर्णय नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताकाबीच नविनतम सम्झौता आवश्यक रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राप्रपाका तर्फबाट काठमाडौंका उम्मेदवारसँगको साक्षात्कारमा उनले वर्तमान समस्याको समाधान चुनाव नभएपनि एउटा प्रजातान्त्रिक पार्टी भएकाले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भनेर होमिएको बताए ।

उनले भने,‘जुन निर्वाचनको घोषणा भएको छ त्यो निर्वाचन समस्याको समाधान होइन् । देशमा अर्को विद्रोह नहोस् भन्नको लागि र नेपालको निर्णायक नेपाली जनताको हातमै राख्नको लागि राजा, राजनीतिक दल र नवयुवा पुस्ताका बीच नयाँ सम्झौता गरेर मात्र निर्वाचनमा जाने सरकारलाई सुझाव दिएको थियौं । तर जबरजस्त देशलाई पनि निर्वाचनमा धेकेलियो । एउटा प्रजातान्त्रिक पार्टी हुनाको नाताले विद्रोहमा जानुभन्दा चुनावको उपयोग गरौं भने सहभागी भयौं ।’ उनले अहिले पूर्वाधार निर्माणका लागि भन्दा पनि ठूलो कुरा देश रहने कि नरहने भन्ने अवस्थामा पुगेको भन्दै राप्रपा देशलाई समृद्ध बनाउने विशिष्ट दृष्टिकोण राख्ने पार्टी भएकाले मौका पाए देशलाई सफल बनाएरै छाड्ने उल्लेख गरे। उनले मतदान फेसबुक रिल्स हेरेर दिने कुरा नभई हात काटेर दिने कुरा र शक्ति हस्तान्तरण गर्ने कुरा भएको बताए । लिङ्देनले छोटो समयमै मुलुकलाई परिवर्तन गर्ने क्षमता राप्रपामा रहेको जिकिर गरे । उनले कसैको लहलहैमा लागेर र प्रलोभनमा परेर मतदान नगर्न आग्रह समेत गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
यू-१९ महिला टी२० विश्वकपका लागि नेपाली टोली घोषणा
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
कोशी र गण्डकी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना !
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
रास्वपा सभापति लामिछानेलाई आज काठमाडौं ल्याइँदै
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
बजेट कार्यान्वयनमा प्राथमिकता रहन्छ : अर्थमन्त्री पौडेल
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
तीन महिनामा दुई करोड ७९ लाख राजस्व सङ्कलन
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो
महिला टी-२० विश्वकप एसिया छनोट : नेपालले बहराइनलाई हरायो
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
कांग्रेस कम्युनिस्टले देशमा सुशासन कायम गर्न नसक्दा देशमा असहज अवस्था आयो : उपेन्द्र यादव
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
ग्यास बुलेट दुर्घटना हुँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध