वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ ८, २०८१
|
|
३० पटक हेरिएको
Shares
वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २ अर्ब ८९ करोड ४८ लाखको बजेट

सारांश

  • वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ करोडको हाराहारीमा बजेट ल्याएको छ ।
  • शनिवार वीरगन्जको एक होटलमा आयोजित नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् ।
  • चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ ।

८ असार, वीरगन्ज। वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि करिब ३ करोडको हाराहारीमा बजेट ल्याएको छ ।

शनिवार वीरगन्जको एक होटलमा आयोजित नगर सभामार्फत उपमेयर इम्तेयाज आलमले आगामी आर्थिक वर्ष ०८१/०८२ का लागि २ अर्ब ८९ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन् । चालू आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि महानगरपालिकाले ६२ करोड कम बजेट ल्याएको छ । चालू आर्थिक वर्षमा महानगरले ३ अर्ब ५१ करोडको बजेट ल्याएको थियो ।  बजेट प्रस्तुत गर्दै उपमेयर आलमले भने, ‘चालु आर्थिक वर्षमा समानीकरण अनुदान रकम अन्तिम त्रैमासिकको २५ पच्चिस प्रतिशत रोक्का छ, घरजग्गा रजिस्ट्रेसन आयस्रोत समेत घटेको छ । यी समस्याहरूका कारण आगामी आर्थिक वर्षका लागि बजेटको आकार घटाउनु परेको हो । ’ नगर सभामा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटमा चालू खर्चतर्फ २ अर्ब ४ करोड ६६ लाख अर्थात ७०.७ प्रतिशत राखिएको छ भने पुँजीगत खर्चतर्फ ८१ करोड १८ लाख ८ हजार अर्थात २८.१ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षका लागि महानगरले खर्च व्यहोर्ने श्रोतहरूमध्ये आन्तरिक राजश्वबाट ७९ करोड ७५ लाख, सङ्घीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब, २७ करोड ९० लाख, सङ्घीय राजश्व बाँडफाँटबाट २६ करोड ८० लाख छुट्ट्याएको छ । त्यसैगरी प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड ३५ लाख, प्रदेश राजश्व बाँडफाँडबाट २ करोड २८ लाख र नगद मौज्दातबाट १० करोड खर्च व्यहोर्ने गरी बजेट व्यवस्थापन गरिएको उपमेयर आलमले बताएका छन् । नगरसभामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, महानगरपालिकाका ३२ वटै वडाका अध्यक्षहरू, वडा समिति सदस्यहरू र कर्मचारीहरूको उपस्थिति थियो । मेयर राजेशमान सिंहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

बजेटको पूर्णपाठ :

[pdf-embedder url=”https://press4k.com/wp-content/uploads/2024/06/बजेट-२०८१-०८२.pdf”]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
प्रतिभा रावललाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
ब‌‌गलादेशमा शेख हसिनासहित ११ जनाविरुद्ध अर्को पक्राउ पुर्जी जारी
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
गाजा शान्ति योजना अनुमोदन, हमासले जीवित रहेका २० बन्धकलाई ७२ घण्टापछि रिहा गर्ने
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
अवैध रुपमा नेपाल छिरेका ३ जना भुटानी-अमेरिकी नागरिक झापाबाट पक्राउ
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
नेपाल टेलिकमले माग्यो विभिन्न पदमा कर्मचारी (सूचनासहित)
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
विश्व शान्तिका लागि लुम्बिनीमा ७ हजार दीप प्रज्वलन
भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना
भारतको केदारनाथमा हेलिकप्टर दुर्घटना
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन यात्रा
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै
माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दै