सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ९, २०८३
|
|
३२४ पटक हेरिएको
Shares
सय रुपैयाँभन्दा बढीको सामानमा भन्सार महसुल तिर्नुपर्ने भएपछि भारतीय सीमावर्ती क्षेत्रमा घट्यो चहलपहल

सारांश

  • सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ।
  • सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको हो।
  • सुदूरपश्चिमका भारतसँग जोडिएका प्रमुख त्रिनगर भन्सार नाका र गड्डचौकी नाकाबाट भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको सो क्षेत्रका व्यापारीहरू बताउँछन्।

९ वैशाख,धनगढी ।

सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ। सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान किन्न जानेहरूको चहलपहल नाकामा ह्वात्तै घटेको हो।

सुदूरपश्चिमका भारतसँग जोडिएका प्रमुख त्रिनगर भन्सार नाका र गड्डचौकी नाकाबाट भारतीय बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको सो क्षेत्रका व्यापारीहरू बताउँछन्। कञ्चनपुरको डोकेबजारमा व्यापार गर्दैआएका विमल चौधरीले अहिले त्रिनगर भन्सार नाकामा पहिलेका जसरी सामान किन्न जाने नेपालीहरूको सङ्ख्या घटेको बताए।

उनका अनुसार धनगढी, अतरिया लगायतका ठाउँका स्थानीयहरू प्रायः सामान किन्न पारी भारतीय बजार बनगाउँ, पलिया जाने गर्थे। अहिले भने त्यो अवस्थामा सुधार भएको उनले बताए। ‘अहिले त नाकामा सय रुपैयाँ भन्दा बढीको सामान ल्याए, कर लाग्छ, कडाइ भएपछि भारतका बजारमा किनमेल गर्न जानेहरूको सङ्ख्या घटेको हो,’उनले भने। नेपालीहरु भारतका बजारमा सस्तो हुने भन्दै त्यहाँ किनमेलका लागि जाने गर्थे। अहिले कडाइ भएपछि झन्झट मानेर त्यहाँ जान छोडेका हुन्। सरकारको निर्देशनपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुरका नाकाहरूमा अहिले निगरानी बढाइएको छ।

सीमावर्ती भारतीय बजारमा किनमेलका लागि जानेहरूको संख्यामा ८० प्रतिशतले कमी आएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। उनका अनुसार अहिले गौरीफन्टा नाका भएर भारत जाने र सामान ल्याउने क्रममा उल्लेख्य गिरावट आएको हो। पहिले घरायसी प्रयोजनका लागि भन्दै भन्सार नतिरी सामान ल्याउन पाइने भए पनि अहिले थोरै मूल्यको सामानमा पनि कर तिर्नुपर्ने भएपछि सर्वसाधारणले स्थानीय बजारलाई नै प्राथमिकता दिन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
सुकुम्वासी बस्ती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
कञ्चनपुरमा दुई किलो चरेससहित होटल सञ्चालक पक्राउ
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
प्रदर्शनकारीले लगाए सिंहदरबारको मूल गेटमा आगो
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की  श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
जनकपुरका चर्चित कलाकार अभिनास झा ‘कलकतियाबाली’की श्रीमती सुटिङ सेट नजिकै मृ*त फेला
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
विकृतिबाट वामपन्थी दलहरू पनि अछुतो छैनन् : माधव नेपाल
बोलेरोको ठक्करबाट एक  विद्यार्थीको मृत्यु, एक घाइते
बोलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु, एक घाइते
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
प्रशिक्षणका क्रममा सोमपाल र गुल्सन घाइते, टी-२० सिरिज गुमाउने
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
गण्डकी प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित
काठमाडौं जिल्ला अदालतको सेवा अनिश्चित कालका लागि स्थगित