विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर ८, २०८२
|
|
२९ पटक हेरिएको
Shares
विवाहपञ्चमी महोत्सव : तिलकोत्सव सम्पन्न आज मटकोर

सारांश

  • सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ ।
  • आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।
  • तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए ।

८ मंसिर,जनकपुर

सप्ताहव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव सम्पन्न भएको छ । आइतबार जनकपुरधामको राममन्दिर प्राङ्गनमा तिलकोत्सव विधि सम्पन्न गर्नुका साथै जानकी मन्दिरका छोटे महन्थ राम रोशन दास र राम मन्दिरका महन्थ राम गीरिले सम्धी मिलन गरेका छन् ।

तिलकोत्सवका लागि जानकी मन्दिरबाट ‘भार’ लिएर जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवसहितको टोली राम मन्दिर पुगेका थिए । जानकी मन्दिरबाट फलफूल, मिष्ठान परिकार लगायतका सयौँ पाहुनाका साथ श्रद्धालुहरू राम मन्दिरको परिसरमामा आएर तिलकोत्सव कार्यक्रममा सहभागी भएका थिए । तिलकोत्सवको अवसरमा दुवै पक्षबीच सांगीतिक रुपमा मैथिली परम्परा अनुसार एक अर्कालाई गाली गरेर जिस्काएका थिए ।

अब आज विवाहपञ्चमीको पाँचौँ दिन माता सीताको मटकोर विधि हुनेछ । भोली मंगलबार स्वयमबर र विवाह महोत्सव हुनेछ भने बुधबार अन्तिम दिन रामकलेवा गरेर अयोध्याबाट आएका बारातीहरुलाई विदा गरी महोत्सव सम्पन्न हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
कोरला नाका सञ्चालनमा, ३४ करोडभन्दा बढी राजस्व संकलन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
वीरगन्जको मुख्य व्यापारिक केन्द्र मेन रोडलाई सहरी मार्ग कायम गर्न माग गर्दै विरोध प्रदर्शन
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
काठमाडौं-हेटौंडाको फाखेल-हुमाने सडक बन्द
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
सर्लाही क्रिकेट लिग सिजन २ सुरु, सगरमाथाको विजयी शुरुवात
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
तोलामा १६ सय बढ्यो सुन, उच्च मूल्यबाट घट्यो चाँदी
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
भोलि मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की छलफलमा
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै
नेपाली महिला क्रिकेट टोलीले आज मलेसियासँग खेल्दै
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन
राष्ट्रपति पौडेलद्धारा कतार राष्ट्रिय संग्रहालय तथा इस्लामिक कला संग्राहालयको अवलोकन