रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष ८, २०८१
|
|
४३ पटक हेरिएको
Shares
रास्वपाको कार्यवाहक सभापति बन्दै डीपी, स्वर्णिम पनि सहमत

सारांश

  • सभापति रवि लामिछोनविरुद्ध कास्की दालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ ।
  • सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।
  • डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ छ ।

८ पुस, काठमाडौं । सभापति रवि लामिछोनविरुद्ध कास्की दालतमा मुद्दा दायर भएपछि रास्वपाले उपसभापति डोलप्रसाद अर्याल (डीपी) लाई कार्यवाहक सभापति बनाउने भएको छ । सहकारी ठगी प्रकरणमा रवि पक्राउ परेदेखि नै पार्टी सम्हाल्दै आएका उनलाई आजबाट औपचारिक रुपमा कार्यवाहक सभापति बनाउन लागिएको हो ।

डीपीलाई कार्यवाहक सभापति बनाउने विषयमा अर्का उपसभापति डा स्वर्णिम वाग्लेले पनि सहमति दिएको स्रोतको भनाइ छ । यसअघि कार्यवाहक सभापति डीपी कि स्वर्णिम भन्नेमा विवाद रहँदै आएको थियो । रास्वपाले आज जुममार्फत सचिवालय बैठक गर्दैछ । सोही बैठकबाट डीपीले कार्यवाहक सभापति पाउने सम्भावना रहेको बताईन्छ । कार्यवाहक सभापतिको विषय टुंगिन लागेपनि संसदीय दलको नेताको विषयमा भने कुनै निर्णय भएको छैन । हालसम्म रवि संसदीय दलको नेता र वीराजभक्त श्रेष्ठ उपनेता रहेका थिए ।

सम्पत्ति शुद्धीकरणमासमेत मुद्दा दर्ता भएपछि रवि सांसदबाट स्वत निलम्बन हुने भएका छन् । उनी सांसदबाट निलम्बन भएको अवस्थामा विराजभक्त वा स्वर्णिममध्ये एक जनाले दलको नेताको जिम्मा पाउने सम्भावना रहेको छ । रविविरुद्ध आइतबार तीन अभियोगमा मुद्दा दायर भएको थियो । कास्की प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगीसहित तीन अभियोगमा मुद्दा दायर भएको भनेर आइतबार नै सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेको छ । सम्पत्ति शुद्धीकरणको मुद्दासमेत चलेकाले लामिछाने सांसद पदबाट स्वतः निलम्बनमा पर्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
विहारका पूर्वमुख्यमन्त्री लालुप्रसादले आफ्ना छोरालाई गरे ६ वर्षको लागि पार्टीबाट निष्कासन
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
पर्सामा प्रधानमन्त्री अ‍ोलीलाई पहिर्‍याईयो १८० किलोको माला
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
दलहरूको सहभागिताविना निर्वाचन सम्भव छैन : उपेन्द्र यादव
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
गोसाइँकुण्डमा डुबेर बेपत्ता भएका दुई जनाको श*व भेटियो
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
कांग्रेस सांसद् केसीको प्रश्न : बालेन्द्र शाह कुन टापुको सम्राट हो?
डडेलधुरामा दुई पुरुषको मृत्यु
डडेलधुरामा दुई पुरुषको मृत्यु
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
बर्दियामा युवकको ह*त्या : पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाइ पेस्तोलसहित पक्राउ
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी
रोजेको मन्त्रालय नपाएपछि मधेश सरकारबाट बाहिरिने जनमतको चेतावनी