भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो

सारांश

  • गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ ।
  • ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ ।
  • चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

 

७ भदौ , भारतको उत्तराखण्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार जना नेपाली नागरिकको ज्यान गएको छ ।

गएरातिको अविरल वर्षाका कारण रुद्रप्रयाग जिल्लाको केदारनाथको फाटा हेलिप्याड नजिक पहिरोमा पुरिएर चार जना नेपाली मजदुरको ज्यान गएको ‘द इन्डियन एक्सप्रेस’ ले जनाएको छ । ज्यान गुमाउनेमा रुद्रप्रयागमा कार्यरत नेपाल घर भएका तुलबहादुर, पूर्ण नेपाली, किश्न परिहार र चिकु बुरा रहेका खबरमा उल्लेख छ । चारै जना हेलिप्याड नजिकैको शिविरमा बसिरहेका बेला पहिरोमा पुरिएका स्थानीय प्रशासनले जनाएको छ ।

उद्धारकर्ताहरूले चारै जनाको शव रुद्रप्रयाग लगेका खबरमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?