रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आषाढ १५, २०८१
|
|
७५ पटक हेरिएको
Shares
रौतहटमा बस दुर्घटना, १ जनाको मृत्यु, ८ जना घाइते

सारांश

  •   रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
  • जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत  गरुडा नगरपालिका  जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।
  • गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका  ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।

१५ असार, रौतहट ।  रौतहटमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

जिल्ला सदरमुकाम गौर चन्दरनिगाहपुर सडक खण्ड अन्तर्गत  गरुडा नगरपालिका  जयनगर चोक नजिकै भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । गौरबाट भैरहवातर्फ गइरहेको ना ७ ख ८४१४ नम्बरको बस जयनगर चोकमा शनिवार बिहान ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा माधवनारायण नगरपालिका  ३ भेल्हीका शैलेन्द्रकुमार गिरीकी १८ बर्षिया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो ।  दुर्घटनामा गिरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वातीले बताए । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट गएको प्रहरी टोलीले  घाइतेहरूको उद्धार गरेर उपचारको लागि स्थानीय अस्पतालमा  पठाइएको छ ।

दुर्घटनामा २६ वर्षिया रन्जुदेवी दासको दाहिने हात भाँचिएको र उनको उपचार ग्राण्डी अस्पताल गरुडामा भइरहेको जिल्ला प्रहरी प्रवक्ता एवं डिएसपी एलिजा गिरीले बताइन् । अन्य सात घाइतेहरूको शिवनगर र गरुडामा उपचार भइरहेको छ । दुर्घटनापछि बसका चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको  ।  दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका ८ निर्णय
अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस
अशोक यादव पक्राउको विरोधमा मलंगवामा मसाल जुलुस
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
सर्लाहीमा रुखको हाँगामा झुन्डिएको अवस्थामा एक युवती मृ*त फेला
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
गर्मीका कारण युरोपमा ४८ हजार जनाको मृत्यु
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
गौर कारागारबाट २३० कैदी फरार : ३४ जना नियन्त्रण, अन्यको खोजी हुँदै
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी