Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
१३९ पटक हेरिएको
Shares
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

सारांश

  • अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।
  •   गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो।
  • छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए।

१३ भदौ, अछाम ।

अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।  गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो। छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए।  ‘पहिरोमा पुरिएर ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको छ।

बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर बोहोराले भने, ‘हामी अहिले घटनास्थलतिर जाँदैछौँ। त्यहाँ पुग्न अझै दुई घण्टा जति लाग्छ।’ निमा र रत्नाको नाता सम्बन्ध भने खुलेको छैन। ‘दुवै महिला महिनावारी भएकाले घरदेखि टाढा खुला ठाउँमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भिरमाथिबाट खसेको पहिरोले पुरेको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर देउवाले भने, ‘पहिरोसँगै खसेको ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो।’

बालिका कविता पनि आमा रत्नासँगै सुत्न गएको बेला परिरोमा परेकी उनले बताए।  रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण त्यहाँ पुगेपछि मात्रै थाहा हुने इन्सपेक्टर देउवाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
अब प्रहरीले आरोपीको तस्बिर तथा भिडियो सार्वजनिक नगर्ने
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
कानु नमन्त्री गौतम र राजदूत म्युलीबिच भेटवार्ता 
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
बाढीले महोत्तरीको नौ वटा पालिकामा मात्रै दुई हजार हेक्टर धानबाली नष्ट
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीको बरहथवामा उखु बोकेको ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
सर्लाहीमा युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक पक्राउ
सर्लाहीमा युवकलाई नाङ्गै बनाएर सामुहिक कुटपिट, एक पक्राउ
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
NPL खेलमा अवैध विज्ञापन प्रकरणः विज्ञापन बोर्डको कारबाही, दुई एजेन्सीलाई जरिवाना
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
सुनको मूल्य तोलामा २ हजार १ सय बढ्यो
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज
गौशाला धर्मशाला अब मारवाडी सेवाले चलाउन पाउने, महानगरसँगको सम्झौता खारेज