घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र १३, २०८२
|
|
१०३ पटक हेरिएको
Shares
घरबाहिर सुतेकै ठाउँमा पहिरो खस्दा २ महिलाको मृत्यु, १ जना गम्भीर घाइते

सारांश

  • अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।
  •   गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो।
  • छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए।

१३ भदौ, अछाम ।

अछाममा पहिरोमा पुरिएर एक बालिकासहित दुईजनाको मृत्यु भएको छ।  गएराति पञ्चदेवल विनायक नगरपालिका-८ को सेलापानीस्थित चुरखोलीमा पहिरो खस्दा दुई जनाको मृत्यु भएको हो। छाउ बार्न घरभन्दा टाढा त्रिपाल टाँगेर तीनजना सुतेकै ठाउँमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक टेकबहादुर बोहोराले जानकारी दिए।  ‘पहिरोमा पुरिएर ३५ वर्षीया निमा खनाल र सात वर्षीया बालिका कविता भण्डारीको मृत्यु भएको छ।

बालिकाकी आमा ३६ वर्षीया रत्ना भण्डारी घाइते हुनुभएको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर बोहोराले भने, ‘हामी अहिले घटनास्थलतिर जाँदैछौँ। त्यहाँ पुग्न अझै दुई घण्टा जति लाग्छ।’ निमा र रत्नाको नाता सम्बन्ध भने खुलेको छैन। ‘दुवै महिला महिनावारी भएकाले घरदेखि टाढा खुला ठाउँमा त्रिपाल टाँगेर सुतेको अवस्थामा भिरमाथिबाट खसेको पहिरोले पुरेको जानकारी हामीले पाएका छौँ,’ इन्सपेक्टर देउवाले भने, ‘पहिरोसँगै खसेको ढुंगाले लागेर उनीहरुको मृत्यु भएको हो।’

बालिका कविता पनि आमा रत्नासँगै सुत्न गएको बेला परिरोमा परेकी उनले बताए।  रत्नाको टाउकोमा चोट लागेकोले अवस्था गम्भीर रहेको प्रहरले जनाएको छ। उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। घटनाको विस्तृत विवरण त्यहाँ पुगेपछि मात्रै थाहा हुने इन्सपेक्टर देउवाले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
आजको मौसम : यी प्रशेमा भारी वर्षको सम्भावना
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
भारतको अवैध कोइलाखानीमा वि*स्फोटः नेपालकाका दुई युवासहित १८ जनाको मृ*त्यु
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
धोनी आईसीसीको ‘हल अफ फेम’ सूचीमा, गर्वको क्षण
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
नयाँ समीकरण फुटाउन कांग्रेसले रविमाथि छानबिनको कुरा उठायो- प्रचण्ड
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान
जाँचबुझ आयोगमा आजदेखि सशस्त्रका आईजी अर्यालको बयान