ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
१८ पटक हेरिएको
Shares
ममाथि अन्याय भएको छ, गिरफ्तारी दिंदैछु : रवि

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।
  • उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ ।
  • शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

२२ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ ।शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफैं आजै अहिले नै गिरफ्तारी दिंदैछु’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढक्याउँछु ।’ उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
त्रिविको कार्यालयमा ताला र धर्ना, कर्मचारी र प्राध्यापक कार्यकक्ष बाहिर
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
सर्लाहीमा कार दु*र्घटना : एक जनाको मृ*त्यु, तिन जना घाईते
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
हिंसा भड्काउने योजनासहित राजावादीहरु सडकमा निस्किए : प्रधानमन्त्री ओली
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
एक पैसा खाएको छैन, अदालतले न्याय दिनेछ : माधव नेपाल
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
काठमाडौं गुर्खाजमाथि चितवन राइनोजको सानदार जित
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली
राजसंस्थाको पक्षमा काठमाडौंमा मोटरसाइकल र्‍याली
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
अपाङ्गता भएका हरि बुढा मगरद्वारा माउन्ट भिन्सनको सफलतापूर्वक आरोहण
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
नयाँ सरकारको एकसय कार्यसूचीमा पर्यटन पूर्वाधार र लगानी प्राथमिकतामा
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन
२४ घण्टामा २२ सय चालकमाथि ट्राफिक कारबाही, २० लाख ३९ हजार राजस्व संकलन