रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ११, २०८१
|
|
१५ पटक हेरिएको
Shares
रिंकु मृत्यु प्रकरण : आठ जना प्रहरी नियन्त्रणमा

सारांश

  • सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
  • छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए ।
  • उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् ।

११ फागुन, काठमाडौं । सिरहाकी किशोरी रिंकुकुमारी सदायको शंकास्पद मृत्यु प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।छानबिन समितिका संयोजक तथा एसएसपी शान्तिराज कोइरालाले आठ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको बताए । उनका अनुसार नियन्त्रणमा लिइएकाहरू पञ्चायी बस्नेदेखि प्रत्यक्षदर्शी लगायत छन् ।

अवस्था हेरेर छाड्ने सकिने तथा मतियारमा मुद्दा चलाउन समेत सकिने उनले बताए । ‘अहिले सोधपुछका लागि आठ जनालाई नियन्त्रणमा लिएका छौं । उनीहरूमाथि अनुसन्धान हुँदैछ । अवस्था हेरेर मुद्दा चलाउने वा छाड्ने भन्ने निर्णय हुन्छ,’ उनले भने । एसएसपी कोइरालाका अनुसार नियन्त्रणमा रहेकाहरू कोहीविरुद्ध पनि जाहेरी आएको छैन । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

त्यअघि २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु ६ घण्टासम्म बेपत्ता भएकी थिइन् । बिहानीपख ३ बजेमात्रै उनी घरमा अचेत अवस्थामा फेला परेकी थिइन् । उनले आफूमाथि बलात्कार भएको बयान दिएकी थिइन् । सो घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो । यो घटनामा ८ जनाविरुद्ध प्रहरीमा जाहेरी आएको छ । जसमा रिंकलाई राती वेपत्ता पार्ने तीन जनादेखि पञ्याती बसेर घटना दबाउनेहरू छन् । रिंकुको शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि अहिलेसम्म रिपोर्ट नआएको कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
जेनजी घाइते भेट्न गृहमन्त्री गुरुङ पुगे केएमसी अस्पताल
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
आर्थिक मन्दी लगायत कारणले मकवानपुरमा ६०४ उद्योग बन्द, नयाँ व्यवसायी दर्ता पनि घट्यो
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
कैलालीमा विषादी सेवन गरेको अवस्थामा भेटिएका आमाको-छोरी मृत्यु
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
सेयर बजारको अंक नै गलत देखियो, नेप्से भन्छ : अध्ययन गरिरहेका छौं
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
राष्ट्रिय सभाका अध्यक्ष रसमिति सभापति बिच छलफल
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
जनकपुर न्युरो हस्पिटल तथा रिसर्च सेन्टर द्वारा आगलागी पीडितहरुलाई कपडा र खाध्यान्न सामाग्री वितरण
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
प्रचण्डको अभिव्यक्तिप्रति एमालेको आपत्ति
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर
५ वर्षसम्म कैद सजायको माग गर्दै दुर्गा प्रसाईँविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर