Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २०, २०८१
|
|
८७ पटक हेरिएको
Shares
घुससहित पक्राउ परेका रोल्पाका तत्कालीन ट्राफिक प्रमुख दोषी ठहर

सारांश

  • रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् ।
  • विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात १७ मंसिरमा पक्राउ गरेको थियो ।

 

२० फागुन, काठमाडौं । रोल्पाका तत्कालीन ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकी भ्रष्टाचार कसुरमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र मरारीबाबु श्रेष्ठको इजलासले सई बुढाथोकीलाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात १७ मंसिरमा पक्राउ गरेको थियो । उनलाई २५ हजार घुससहित पक्राउ गरिएको थियो । उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारको भनाइ थियो । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर भएकोमा विशेष अदालतले दोषी ठहर गरेको हो । उनलाई बिगो बराबरको २५ हजार जरिवाना, १ हजार क्षतिपूर्ति र ३ महिना कैदको फैसला सुनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
नेपाल फार्मेसी संघ सर्लाहीमा नयाँ नेतृत्व
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
दक्षिण कोरियाली टोली विराटनगरमा, मेयर कोइराला लगायतसँग भेटघाट
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
पत्रकार महासंघको कार्यक्रममा फोनिजको हस्तक्षेप, सभामुख र सञ्चारमन्त्री अनुपस्थित
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ
राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१
राष्ट्रियसभाबाट पारित भयो पानीजहाज विधेयक, २०८१
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
स्पेन जानेहरूको विवरण उपलब्ध गराउन दूतावासलाई सीआईबीको पत्र
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चबाट सफाइ
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति
राइड सेयरिङविरुद्ध उत्रिएका यातायात व्यवसायी र सरकारबीच सहमति