Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
४७ पटक हेरिएको
Shares
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

सारांश

  • कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
  • कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो ।
  • कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ।

 

१० चैत, काठमाडौं ।

कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ।

यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ । त्यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीयका लागि चैत २४ सम्म ९आवश्यक परे वैशाख ९ सम्म० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?