कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र १०, २०८२
|
|
३८ पटक हेरिएको
Shares
कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

सारांश

  • कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
  • कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो ।
  • कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ।

१० चैत, काठमाडौं ।

कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो । कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ।

यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ । त्यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीयका लागि चैत २४ सम्म ९आवश्यक परे वैशाख ९ सम्म० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने रास्वपाको निर्णय
स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको नेपाली नगदसहित एक भारतीय पक्राउ
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार
रौतहटमा प्रधानाध्यापकमाथि गोली प्रहार
सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?
सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
एमालेले टुंगो लगायो समानुपातिक सांसद, को-को परे ?
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ
वैदेशिक रोजगारीमा युके र कतार पठाइदिने भन्दै ५८ लाख ठगी गरेको अभियोगमा दुई जना पक्राउ