रसुवा भोटेकोशी बाढी : १,३८५ श*व फेला, ४ हजारभन्दा बढी बेपत्ता 

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र २६, २०८३
|
|
६८ पटक हेरिएको
Shares
रसुवा भोटेकोशी बाढी : १,३८५ श*व फेला, ४ हजारभन्दा बढी बेपत्ता 

सारांश

  • रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ ।
  • नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।
  •   प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन् ।

काठमाडौं ।

रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा हालसम्म १ हजार ३८५ जनाको शव तथा मानव अंग फेला परेको छ । नेपाल प्रहरीले अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै खोज, उद्धार तथा व्यवस्थापनको पछिल्लो अवस्था सार्वजनिक गरेको हो ।  प्रहरीको अद्यावधिक विवरणअनुसार फेला परेका शवहरूमध्ये ५४२ पुरुष र ३३८ महिला रहेका छन् भने ५०५ वटा आंशिक मानव अंग फेला परेका छन् । फेला परेका शवमध्ये १०३ वटा शव पहिचान गरी आफन्तलाई हस्तान्तरण गरिसकिएको छ भने १,१४८ शव सुरक्षित तवरले जमिनमुनि व्यवस्थापन गरिएको छ ।

त्यस्तै पहिचान नभएका १,३२६ विवरण वेबसाइटमा अपलोड गरिएको छ । शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ । बाढीमा परी हालसम्म ४ हजार ८९ जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा स्वदेशी नागरिक ३,४७९ (२,९०७ पुरुष र ५७२ महिला) तथा विदेशी नागरिक ६१० (२७२ पुरुष, ३२८ महिला र १० अन्य) रहेका छन् ।  आपत्कालीन उद्धार कार्यअन्तर्गत हालसम्म घाइते तथा प्रभावित गरी कुल ९,२८७ जनाको उद्धार गरिएको छ । जसमा ६,४०७ पुरुष, २,८३० महिला र ५० जना पहिचान नखुलेका रहेका छन् । उद्धार गरिएका नागरिकमध्ये हाल ३,१७६ जना विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रित छन् ।

प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि ७,८७५ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बाढीका कारण २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् भने ६५ जना प्रहरी प्रभावित भएका छन् । यसैगरी, विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभिवृद्धिका लागि प्रभावित क्षेत्रहरूमा १६६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा ४५,२३८ जना स्थानीय नागरिकको सहभागिता रहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
मुख्यमन्त्री कृष्ण यादवले दोस्रो पटक पाए विश्वासको मत
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
प्रधानमन्त्री ओली र माल्दिभ्सका राष्ट्रपति मिज्जुबीच भेटवार्ता
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
प्रधानसेनापति ट्रफीको समापन: आठ पृतना र ६ वाहिनीबीच प्रतिस्पर्धा
आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
स्वास्थ्य सामग्री खरिदमा अनियमितता: विशाल पण्डितलगायतलाई झण्डै ३ करोडको भ्रष्टाचार मुद्दा
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते
बाराको सिमरामा बस दुर्घटना हुँदा १५ जना घाइते