शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
२४ पटक हेरिएको
Shares
शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्छ : अर्थमन्त्री पौडेल

सारांश

  • नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा बोल्दै उनले शिक्षकका सम्पूर्ण माग पूरा गर्दा साधारण खर्च अत्यधिक बढ्ने भन्दै सावधानीपूर्वक प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।
  • ‘शिक्षामा आवश्यक सुधारहरू सहमतिको आधारमा भइरहेका छन् तर हरेक माग बजेटले धान्न सक्ने अवस्थामा छैन,’ उनले स्पष्ट पारे।
  • अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा खर्च र शिक्षाजस्तै दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा स्रोतको विवेकपूर्ण प्रयोग आवश्यक रहेको औंल्याए।

काठमाडौँ- उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा क्षेत्रमा उठेका मागहरू पूरा गर्न ठूलो बजेट आवश्यक पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सोमबार आयोजना गरेको ‘विनियोजन कुशलता र वास्तविक बजेट’ विषयक पूर्वबजेट छलफलमा बोल्दै उनले शिक्षकका सम्पूर्ण माग पूरा गर्दा साधारण खर्च अत्यधिक बढ्ने भन्दै सावधानीपूर्वक प्राथमिकता निर्धारण गर्नुपर्ने बताए।

‘शिक्षामा आवश्यक सुधारहरू सहमतिको आधारमा भइरहेका छन् तर हरेक माग बजेटले धान्न सक्ने अवस्थामा छैन,’ उनले स्पष्ट पारे। अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा खर्च र शिक्षाजस्तै दीर्घकालीन प्रभाव पार्ने क्षेत्रमा स्रोतको विवेकपूर्ण प्रयोग आवश्यक रहेको औंल्याए।‘औसत आयु बढ्दो छ तर वृद्धभत्ता पाउने उमेर घटाउने अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ, यस्ता कदमले स्रोत व्यवस्थापनमा चुनौती थपिरहेका छन्,’ उनले भने।

स्वास्थ्य बीमा कार्यक्रमको खर्चसमेत निरन्तर बढिरहेको  भन्दै उनले व्यवस्थापन नगरे थप समस्या निम्तिने चेतावनी दिए। बजेट प्रणालीमा संरचनात्मक कमजोरी रहेको स्वीकार गर्दै उनले त्यसको समाधानका लागि हस्तक्षेपकारी नीतिहरू ल्याउने तयारी भइरहेको जानकारी गराए। उनले आगामी वर्षको बजेट कार्यान्वयनमुखी र नतिजामुखी बनाइने उल्लेख गर्दै स्रोत अभावबीच योजनाको यथार्थ विश्लेषण गरेर मात्रै बजेट निर्माण गरिने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
२ सन्देश बोकेर आएका थिए भाजपा विदेश विभाग प्रमुख चौथाइवाले
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
उत्तरी चीनको नर्सिङ होममा आगलागी, २० जनाको मृत्यु
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
पूर्वसभामुख सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
सिडेनको अध्यक्षमा रविभूषणले गरे उम्मेदवारी घोषणा
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
नयाँ संसद भवन र ग्यालरी बैठक भवन निर्माण प्रगतिबारे समितिमा छलफल
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि ज्ञानेन्द्र शाही रुष्ट
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
वीरगन्ज महानगरको बजेट बढ्यो, पर्यटन, शिक्षा र स्वास्थ्य प्राथमिकतामा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति
दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थपको अनुमति