नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ३०, २०८२
|
|
५७ पटक हेरिएको
Shares
नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्छ : प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् ।
  • ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए ।
  •   नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ ।

३० साउन, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरू अनिवार्य दर्ता हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क, २०२५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा सञ्चालन रहेका तर दर्ता हुन नआउने सामाजिक सञ्जालहरूमाथि सरकारले निगरानी बढाइरहेको बताए ।  नेपालमा हुने कारोबार नेपालको कानुनअन्तर्गत नै हुनुपर्ने उनको भनाइ छ ।

मेटा लगायतका सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ताका लागि आह्वान गरेको सरकारले अहिलेसम्म दर्तामा ल्याउन सकेको छैन । लामो समयदेखि दर्ता हुन बोलाए पनि मेटा लगायतले अटेर गरिरहेका छन् । बिना दर्ता नेपालमा सञ्चालन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको तर्फबाट बारम्बार दर्ता लागि आह्वान गरिरहेका छन् ।  नेपाल सरकार, नेपाली जनता, नेपाली कानुनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा गरेको व्यवसायको कर कुनैपनि सामाजिक सञ्जालहरूले तिर्नैपर्ने बताए ।

नेपालमा प्रयोग हुने कम्पनीहरूले नेपालमा कार्यालय खोल्नुपर्ने र दर्ता हुनुपर्ने बताए । यदि नेपालको कानुनअन्तर्गत दायित्व र उत्तरदायित्व पूरा नगरेको पाइए ठोस निर्णय गरेर सरकार अघि बढ्ने पनि ओलीले बताए ।  प्रधानमन्त्री ओलीले इन्टरनेट सेवा सबै ठाउँमा पुर्‍याउन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
एनसेलको सेयर खरिद बिक्री रोक्न सरकारलाई लेखा समितिको निर्देशन
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
बाजुरा कारागारबाट १९ जना कैदीबन्दीको स्थानान्तरण
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
महिला फुटबल टिमको प्रशिक्षकमा राजेन्द्र तामाङ नियुक्त
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
सचिवालय बैठकमा योगेशले मागे ओलीको राजीनामा
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
नेपाल–बङ्गलादेश व्यापारः आयात तीन अर्ब, निर्यात २७ करोड
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री
जलविद्युत् आयोजना सुरक्षाका लागि निजी क्षेत्रले गुहार्यो गृह र ऊर्जामन्त्री