हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २४, २०८१
|
|
८३ पटक हेरिएको
Shares
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयले जारी गर्‍यो तीन बुँदे निर्देशन

सारांश

  • गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।
  • पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि मन्त्रालयले सोमबार तीन बुँदे निर्देशन जारी गरेको हो।
  • निर्देशनअनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजान पाइनेछ ।

२४ वैशाख, काठमाडौं । गृह मन्त्रालयले हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न तीन बुँदे निर्देशन जारी गरेको छ ।

पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि मन्त्रालयले सोमबार तीन बुँदे निर्देशन जारी गरेको हो। निर्देशनअनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण नभएर अस्पतालमै बसेर उपचार गर्नुपर्ने अवस्थामा मात्र अस्पताल लैजान पाइनेछ । अस्पताल लग्नुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल अथवा नेपाल मेडिकल काउन्सिल दर्ता चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने/नपर्ने सम्बन्धमा निर्णय गर्नुपर्नेछ ।

साथै, अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा बढी राख्नु परेमा उपयुक्त कारण खुलाउनु पर्ने निर्देशनमा उल्लेख छ । प्रहरीको नियन्त्रणमा रहेका व्यक्तिलाई चिकित्सकीय सहायता उपलव्ध गराउने हालको कानूनी प्रबन्ध र अभ्यासलाई बस्तुगत, तथ्यपूर्ण र विश्वसनीय बनाउन मन्त्रालयले चैत १३ गते नेपाल मेडिकल काउन्सिललाई अध्ययन गरी रायसहितको प्रतिवेदन दिन अनुरोध गरेको थियो। काउन्सिलले वैशाख २३ गते बुझाएको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले ३ बुँदे निर्णय गरेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
जिम्मेवारी पाउने लगतै पार्टी संरचनामा व्यापक फेरबदल गर्दै रवि
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
पाकिस्तानको मदरसामा विस्फोट, कम्तीमा ५ को मृत्यु, २० घाइते
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
आज १८ औँ लोकतन्त्र दिवस मनाइदै
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी
अर्थ प्रशासनका विज्ञलाई अर्थमन्त्रीको जिम्मेवारी
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
बुद्ध जयन्तीको विशेष समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली आज लुम्बिनी जाँदै
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
मधेसी जनता राज्यको आतङ्कबाट अझै पीडित छन् : महन्थ ठाकुर
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
पोर्चुगलमा नेपाली ‘ड्राइभिङ लाइसेन्स’लाई मान्यता दिलाउन छलफल
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
ओलीको दाबी- मान्छेलाई राक्षस बनाएर भदौ २४ गते आगो लगाइयो
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल
नेपाली समाजमा विदेशी हस्तक्षेपको भण्डाफोर गर्दै दुर्गा प्रसाईको अपिल