तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड

सारांश

  • संघीय संसदले तीन महिनामा इन्धनमा डेढ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ ।
  • संघीय संसदले संसदका पदाधिकारी र कार्यालय प्रयोजनका लागि इन्धन खर्च गर्ने गरेको छ ।
  • पदाधिकारीले कति इन्धन खर्च पाउने भनेर ऐनमै तोकिएको छ ।

 

२२ असोज, काठमाडौं । संघीय संसदले तीन महिनामा इन्धनमा डेढ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ । संघीय संसदले संसदका पदाधिकारी र कार्यालय प्रयोजनका लागि इन्धन खर्च गर्ने गरेको छ ।

पदाधिकारीले कति इन्धन खर्च पाउने भनेर ऐनमै तोकिएको छ । पदाधिकारीले पाउने बाहेक कार्यालय प्रयोजनका लागि मात्रै गत वैशाख, जेठ र असारमा इन्धनमा संसद सचिवालयको एक करोड ५२ लाख सात हजार ७८० खर्च भएको हो । संसद सचिवालयले प्रकाशन गरेको त्रैमासिक संसद दर्पणमा यससम्बन्धी विवरण छ । २०८१ साल वैशाख १ गतेदेखि असार मसान्तसम्मको मुख्य कार्यहरू समेटिएको संसद दर्पण हालै प्रकाशन भएको छ ।

विवरण अनुसार तीन महिनामा कर्मचारीको बैठक भत्तामा २६ लाख ९० हजार सात सय खर्च भएको छ । कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा पाँच करोड, २९ लाख ७२ हजार ६८५ खर्च भएको छ । पारिश्रमिक, पोशाक, महंगी भत्ता, उपचार खर्च, पानी, विजुुली र संचार खर्च, सवारी साधन मर्मत लगायत सबै शिर्षकमा तीन महिनामा संघीय संसदको ३९ करोड १६ लाख ४६ हजार ४०८ रुपैयाँ खर्च भएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ