पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ १६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
पहिरोले गुल्मीको वामी–रिडी सडकखण्ड अवरुद्ध

सारांश

  • गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
  • अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।
  • वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो ।

१६ असार, गुल्मी ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडक खण्डमा पहिरो खसेपछि यातायात आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण सडकमा ठूलो पहिरो खस्दा आउ–जाउ पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले बताए ।

वामी–रिडी सडकखण्ड गुल्मी जिल्लाको प्रमुख आवागमन मार्गमध्ये एक हो । सडक अवरुद्ध हुँदा दैनिक यात्रा गर्ने सर्वसाधारण, यात्रुहरू मारमा परेका छन् ।पहिरो गएको स्थानमा प्रहरी चौकी मजुवा, गुल्मीबाट प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ । स्थानीय सरकार, प्रशासन, प्रहरी र स्थानीयवासीको सहकार्यमा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको छ । मौसममा सुधार आएपछि आवश्यक उपकरणमार्फत सडक खुलाउने कार्यलाई अझ प्रभावकारी बनाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, दुर्गा प्रसाईं अझै फरार
तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, दुर्गा प्रसाईं अझै फरार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
बद्रीनाथमा हिमपहिरो, फसेका ५७ मध्ये १६ को उद्धार
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
मधेश प्रदेश सरकार गठनविरुद्ध सात दलका सांसदहरू धर्नामा
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
कतारमा भएका प्रेमीलाई बोलाइन्, अनि श्रीमान्‌सँग मिलेर गरिन् हत्या:
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु
पाथीभरा केबलकार निर्माण विवाद : दुई वार्ता टोलीबिच छलफल सुरु