भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु हुने चार नेपालीको पहिचान खुल्यो

सारांश

  • दिल्लीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन् ।
  • सडकछेउमा छाप्रो बनाएर बसेका उनीहरुलाई पहिरोले पुरेको हो ।
  • दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीका अनुसार चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको हो ।

७ भदौ ,  भारतको केदारनाथ नजिकै पहिरोमा परी मृत्यु भएकाहरुको सनाखत भएको छ ।

दिल्लीस्थित नेपाली दुतावासका अनुसार मृत्यु हुनेमा १ जना दैलेखका र ३ जना चितवनका नागरिक छन् । सडकछेउमा छाप्रो बनाएर बसेका उनीहरुलाई पहिरोले पुरेको हो । दुतावासका काउन्सलर उमाप्रसाद चतुर्वेदीका अनुसार चितवनको माडीका पुर्ण नेपाली, किसन परीयार र तुल बहादुर परीयार तथा दैलेखका दिपक बुढाको पहिरोमा परी मृत्यु भएको हो । बुढाको पुर्ण ठेगाना खुलेको छैन । उनीहरु चारै जना एउटै घरमा बस्दै आएका थिए ।

चतुर्वेदीका अनुसार उनीहरु चारै जना डेढ महिनाअघि मात्रै डकर्मीको काम गर्न केदारनाथ नजिकै फाटा भन्ने ठाउँमा पुगेका थिए । मृतक चारै जनाको शव रुद्रप्रयाग स्थित सरकारी अस्पतालमा राखिएको छ । बिहीबार राती रुद्रप्रयागबाट ८० किलोमिटर टाढा केदारनाथ जाने बाटोमा फाटा नजिकै पहिरोमा परी ४ जनाको मृत्यु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका
बनेपाको होटलमा महिला मृत फेला, हत्याको आशंका
मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
मन्त्री घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
देउवाका सालाको घरसहित अन्य केही ठाउँमा सीआईबीको छापा, घरमा थिएनन् भूषण
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
आजको मौसम पूर्वानुमान : देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुने
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
साउदीले लगायो भारतसहित १४ देशमाथि भिसा प्रतिबन्ध
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
चीन भ्रमणबारे प्रधानमन्त्रीले संसद्लाई गराए जानकारी
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
एक वर्षमै ४ खर्बले बढ्यो मुलुकको अर्थतन्त्र
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
दैलेखमा भीरबाट लडेर एक जनाको मृ*त्यु
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
निर्वाचन सुरक्षाबारे प्रधानमन्त्रीसँग छलफल गर्दै निर्वाचन आयोग
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श
अर्थमन्त्री पौडेलद्वारा आगामी बजेटबारे कांग्रेस सभापति देउवासँग परामर्श