दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
३६ पटक हेरिएको
Shares
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला

सारांश

  • रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने यो समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको जानकारी दिए।
  • लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए।

८ वैशाख,रुपन्देही ।

रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने यो समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए। बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले बताए।

मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्दै आएका थिए। हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए। बेपत्ता दुई बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
सात महिनामा एक हजार २९० महिला हिंसाको उजुरी
कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु
कालिकोटमा बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
हुम्लामा भालुको आ*क्रमणबाट ३ जना घाइते
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीले पाए सामाजिक विकास मन्त्रालयको जिम्मा
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
काठमाडौंको बत्तीसपुतलीमा ग्याङफाइट : एकको मृत्यु, चारजना पक्राउ
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
बटेश्वर गाउँपालिकामा अख्तियारको छापा, योजनाका कागजात नियन्त्रणमा
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न ५ सदस्यीय समिति गठन
कालीगण्डकी करिडोर : लमाए खोलामा पुल पुनर्निर्माण सुरु
कालीगण्डकी करिडोर : लमाए खोलामा पुल पुनर्निर्माण सुरु
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त