Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
४७ पटक हेरिएको
Shares
दानव खोलामा बेपत्ता तीन मध्य एक बालक मृत फेला

सारांश

  • रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने यो समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन्।
  • जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको जानकारी दिए।
  • लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए।

 

८ वैशाख,रुपन्देही ।

रुपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको छ भने यो समाचार तयार पार्दासम्म दुई अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले १४ वर्षीय राजन यादवको शव डुबेको स्थान नजिकै फेला परेको जानकारी दिए। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ सानो अर्दौलाका तीन बालक साथीसँगै गाउँ नजिकैको दानव खोलामा पौडी खेल्न गएका थिए। बगहा बाबा मन्दिर नजिकै नुहाउने क्रममा तीनै जना नदीको गहिरो भागमा पुगेको प्रत्यक्षदर्शी एक बालकले जानकारी दिएको वडाध्यक्ष ईनामुल्ला फकिरले बताए।

मृत अवस्थामा भेटिएका बालकको मूल घर त्यही भए पनि उनी बुबाआमासहित रूपन्देहीकै सैनामैना बस्दै आएका थिए। हाल विद्यालय बिदा रहेकाले उनी दुई दिनअघि मात्रै मूल घर आएका थिए। बेपत्ता दुई बालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। आज दिउँसो लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा सोही वडामा बस्ने १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र १२ वर्षीय मन्नु हरिजन बेपत्ता भएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
अनुसन्धानका लागि प्रहरीले माग्यो तीनकुने घटनाको फोटो र भिडियो
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
समाजले अस्वीकार गरेका ठूला नेताहरू र सडकमा देखिएको आन्दोलन आफैँ हट्छः गगन थापा
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एसिसी महिला प्रिमियर कप : नेपालको दोस्रो जित
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
काठमाडौंमा सरकारविरुद्ध आजपाको प्रदर्शन,
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
मोरङमा अति भारी वर्षा, पछिल्लो २४ घण्टामा कहाँ कति पर्‍यो पानी?
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
त्रिविको भीसी कार्यालय अगाडि कर्मचारीको धर्ना
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार
सेयरबजारमा दोस्रोपटक नकारात्मक सर्किट, फेरि ४० मिनेटका लागि रोकियो कारोबार