अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
२७ पटक हेरिएको
Shares
अख्तियारमा भ्रष्टाचारका सबै फाइल सुरक्षित

सारांश

  •   भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै आगोलागी र तोडफोडको शिकार बन्यो।
  • सर्वोच्चसहित धेरै अदालत जलाइए।
  • आन्दोलनकारीसँगै घुसेका केही समूहले सरकारी कार्यालय छानीछानी आगजनी र तोडफोड गरे।

३१ भदौ, काठमाडौं । 

भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनमा मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै आगोलागी र तोडफोडको शिकार बन्यो।सर्वोच्चसहित धेरै अदालत जलाइए। आन्दोलनकारीसँगै घुसेका केही समूहले सरकारी कार्यालय छानीछानी आगजनी र तोडफोड गरे।  त्यस्तै समूहको निशानामा परेको निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि हो, जहाँ सानादेखि ठूला भ्रष्टाचारका फाइल छन्।

काठमाडौँको टंगालस्थित आयोगको प्रधान कार्यालयमा तोडफोड र आगजनीका कारण ठूलो क्षति पुगेको छ। भदौ २४ गते साँझ सवा ५ बजे प्रदर्शनकारीको एउटा समूह अख्तियारलाई लक्षित गरी तोडफोड र आगजनी गर्न प्रवेश गरेको थियो। होहल्ला गर्दै पुगेको उक्त समूहले मुख्य लक्ष्य भ्रष्टाचारकै फाइल राखिएको ठाउँलाई बनाएको भए पनि त्यहाँसम्म पहुँच पुर्‍याउन भने असफल देखिएको छ।  अख्तियारका भौतिक संरचनासँगै विभिन्न कागजात जलेर खरानी भए पनि भ्रष्टाचारका सबै फाइल सुरक्षित रहेको पाइएको छ।  यहाँ (अख्तियारमा) रहेका भ्रष्टाचारका सबै फाइलहरू सुरक्षित छन्,’ अख्तियार स्रोतले भन्यो, ‘फाइल भएको ठाउँलाई लक्षित गरेर तोडफोडको धेरै प्रयास भएको देखिन्छ। तर, उनीहरूले सकेनन्। यहाँ प्रवेश गर्नेको मुख्य निशाना नै भ्रष्टाचारका फाइलमा पहुँच पुर्‍याउने, लुट्ने वा नष्ट गर्ने रहेको पाइयो।’

अख्तियार परिसरमा रहेका ७४ वटा मोटरसाइकल, १७ वटा जिप, कार, भ्यान र ३ वटा बस जलेर पूर्णरूपमा ध्वस्त भएका छन्। त्यस्तै पुस्तकालय र प्रशासन महाशाखा पनि जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। अख्तियारको प्रधान कार्यालयबाहेक अन्य कार्यालय पनि जेनजी आन्दोलनका कारण ध्वस्त भएका छन्।  पोखराको कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ। त्यस्तै अख्तियारको हेटौँडा कार्यालय ७५ प्रतिशत क्षति भएको प्रारम्भिक रिपोर्ट छ। त्यस्तै अख्तियारको बर्दिवास, सुर्खेत, नेपालगञ्ज र महेन्द्रनगरको कार्यालयमा सामान्य क्षति भएको छ।

अख्तियारको कार्यालयसँगै प्रमुख आयुक्त प्रेमकुमार राईको घरलाई पनि आन्दोलनकारीले निशाना बनाएको पाइएको छ। काठमाडौँ उपत्यकामा रहेको राईको घरमा तोडफोड गर्न एक समूहले प्रयास गरेको थियो। तर, स्थानीयहरूले उनको घरमा आगजनी हुनबाट जोगिएको छ।  ‘त्यो दिन उहाँ (राई)को घर तोडफोड गर्ने उद्देश्यले एउटा समूह पुगेको थियो। उनीहरूले अलिअलि क्षति पनि पुर्‍याइसकेका थिए,’ एक स्थानीयले भने, ‘तोडफोड सुरु भएलगत्तै स्थानीयहरू निस्केर भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको भन्ने, अनि भ्रष्टाचारविरुद्ध काम गर्ने मान्छेको घरमा तोडफोड गर्ने? भन्दै प्रतिकार गरेपछि उनीहरू भागे। र, घर जोगियो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
प्रतिनिधिसभा विघटनको विषयमा दलहरूसँग छलफल गर्ने तयारीमा सभामुख
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि
सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब
सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम करिब साढे ३ अर्ब
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
नेशनल मेडिकल कलेजसहित प्रदेशका अस्पतालहरूको अनुगमन गर्न निर्देशन
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
नेकपाको संसदीय दलको नेतामा प्रचण्ड चयन
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
सञ्चारमन्त्री खरेलले गरे १०० दिनकोे प्र्रगति विवरण सार्वजनिक
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
महानगरपालिकाभित्र फोहर, प्लाष्टिक तथा प्लाष्टिकजन्य बस्तु बाल्न प्रतिवन्ध
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक
पत्रकार महासंघ सर्लाहीका अध्यक्ष ठाकुरलाई मातृशोक