३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
१०१ पटक हेरिएको
Shares
३ वर्षको प्रयासपछि ‘यमबुद्ध स्केटबोर्ड पार्क’को सपना पूरा हुँदैछ: बालेन

सारांश

  •   आज सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन्।
  • ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत उनले सार्वजनिक गरेका छन्।
  • आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।

९ असोज, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले तीन वर्ष लामो संघर्षपछि यमबुद्ध स्केटबोर्ड पार्कको सपना साकार हुन लागेको  भन्दै खुसी व्यक्त गरेका छन्।  आज सामाजिक सञ्जालमार्फत् उनले यस्तो जानकारी दिएका हुन्। ६ करोड ७० लाखको लागतमा निर्माण सम्पन्न हुने पार्कका केही तस्बिरसमेत उनले सार्वजनिक गरेका छन्। आफू काठमाडौँ महानगरपालिकाको मेयर बनेदेखि नै काठमाडौँलाई सबैको सहर बनाउने उद्देश्यस्वरुप यमबुद्ध स्केटबोर्ड पार्क निर्माणको लक्ष्य राखेको उनले बताएका छन्।

‘सम्पदा जोगाउने कामसँगै युवाहरूको चाहनाअनुसारको सहर बनाउने योजनामा हामीले यमबुद्ध स्केटबोर्ड पार्क सुरु गरेका थियौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुरुमै बजेट छुट्याइएको थियो। काठमाडौँ महानगरपालिकाको वडानम्बर १६ मा बन्ने कुरा लगभग तय भैसकेको थियो। तर तत्कालीन वडाध्यक्ष स्वर्गीय मुकुन्द रिजालको निधनपछि त्यो ठाउँमा बनाउन जग्गा प्राप्त गर्न सकेनौँ। त्यसपछि २ नम्बर वडामा कोसिस गर्‍यौँ। नेपाल सरकारले जग्गा दिन नसकेका कारण तीन पटकसम्म प्रयास गर्दा पनि बनाउन सकिएन।’

अहिले काठमाडौँ–५ का वडाध्यक्ष बिरेन्द्र प्रजापति र स्थानीय साथीहरूको अथक प्रयासमा १३ रोपनी सरकारी जग्गा संरक्षण भएको र सोही जग्गामा पार्क निर्माणको काम अघि बढेको मेयर बालेनको भनाई छ।अहिले यो पार्कको निर्माण कार्य करिब आधा सकिएको भन्दै उनले यो पार्क केवल खेल्ने ठाउँ मात्र नभएको बताएका छन्। ‘यो पार्क युवाहरूले संस्कृतिलाई अभिव्यक्ति दिने, कला–संगीतलाई प्रोत्साहन गर्ने र परिवारमैत्री सामुदायिक स्पेसका रूपमा रहने छ,’ उनले भनेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
भारतीय भूमिमा भेटिए सिमलताल दुर्घटनाका २ यात्रीका शव
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता : युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
संसदीय समिति बैठकमा २ मिनेट नबसी बाहिरिए देउवा
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सुदन गुरुङ र बालेनलाई कानुनी कठघरामाल्याएरै छाड्ने युवा संघको चेतावनी
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
सभापति पक्राउ विरोधमा माइतीघरमा रास्वपाको प्रदर्शन
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
महानगर यातायातको बसमा आगलागी, अनुसन्धान गर्दै प्रहरी
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री डा राणा र जापानी विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
रुपन्देही-३ उपनिर्वाचन : रविलाई भेट्न नख्खु पुगे रास्वापाका आकांक्षी
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
०४६ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्ने प्रस्ताव पार्टीबाटै पारित गरौं : गगन
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द
गर्मी बढेपछि गोरखा र तनहुँ‍मा पनि विद्यालय बन्द