प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
५३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक, भोलि संसद्‍मा सम्बोधन गर्ने

सारांश

  • बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए ।
  • उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।
  • प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् ।

१७ चैत, काठमाडौं-

 सभामुख देवराज घिमिरे र संसद्‍का मुख्य दलका प्रमुख सचेतकहरूसँगको बैठक सकिएको छ। बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराए । उनले संसद् अवरोध खुलाउने विषयमा प्रधानमन्त्री ओली र विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन संवाद भएको पनि जानकारी दिए।

प्रधानमन्त्री ओलीले आइतबार नै बस्ने गरी सर्वदलीय बैठक बोलाएको पनि बर्तौलाले जानकारी दिएका छन् । सत्तापक्षले सदनको अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरिरहेको छ । विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ । बैठकमा सभामुखले शुक्रबार दुईजनाको ज्यान जाने गरी भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसद्मा‍ छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका थिए ।

उनले राजावादीका नाममा भएको हिंश्रक र अराजक गतिविधिसहितको घटनाबारे छलफल गरेर संसद् जीवन्त रहेको महसुस गराउन अपिल गरे। अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने उनले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै, यस्तो छ भ्रमण तालिका
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस
काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, अब ६ रुटमा ३० बस
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
सात महिनामा सेनाले गर्‍यो ५६ वटा बम डिस्पोज
नागार्जुनमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
नागार्जुनमा जेसीबीको ठक्करबाट बालिकाको मृत्यु
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
देशभित्रै सम्भावना छ, सकारात्मक सोचौँ, रचनात्मक बनौँ : प्रचण्ड
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
ईसीडीमा स्पष्ट नीतिबिना विधेयक अघि नबढोस् : पूर्वशिक्षामन्त्री भट्टराई
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
आर्थिक लेनदेनको आशंकामा प्रहरीको भैंसेपाटी प्रभाग इन्चार्जलाई निलम्बन गर्न सिफारिस
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
भूमि विधेयकः सरकारको तजबिजी अधिकार हटाउन माओवादी सांसद सापकोटाको माग
गाउँ कार्यपालिकाको कार्यालय ब्रह्मपुरी सर्लाहीको सार्वजनिक अनुरोध अनुरोध

नेपाली मिति लोड हुँदैछ...