एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २२, २०८२
|
|
४२ पटक हेरिएको
Shares
एन्फालाई फिफा र एएफसीको पत्र : ७ दिनभित्र समस्या समाधान नभए निलम्बन हुन्छ (पत्रसहित)

सारांश

  • अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् ।
  • फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् ।
  • निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी छ ।

२२ चैत,काठमाडौं ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन ७ दिनभित्र चुनाव हुने सुनिश्चितता नभए निलम्बन प्रक्रिया अघि बढ्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले शनिबार एन्फा महासचिव किरण राईलाई संयुक्त पत्र लेख्दै पत्र प्राप्त भएको ७ दिनभित्र निर्वाचन प्रक्रिया पुन: सुरु गर्न र अन्तिम रूप दिन निर्देशन दिएका छन् । निर्धारित समयमा निर्वाचन नगरे निलम्बन प्रक्रिया थालिने प्रस्ट चेतावनी छ ।

‘यदि राखेपले उक्त निर्णय खारेज नगरेमा वा पत्र प्राप्त भएको ७ दिनभित्र उक्त निर्णयको कुनै प्रभाव नरहेको र एन्फाले राखेपद्वारा लगाएको निलम्बन पूर्वको अवस्थाबाट आफ्नो चुनावी प्रक्रिया पुन: सुरु गरेर लिखित रूपमा सुनिश्चित नगरेमा एन्फालाई तत्काल निलम्बन गर्नका लागि फिफा काउन्सिलमा पेस गरिनेछ,’ पत्रमा भनिएको छ । राखेपको निलम्बनले एन्फालाई आफ्नो मामिलामा स्वतन्त्र रूपमा व्यवस्थापन गर्नबाट रोकेको समेत उक्त पत्रमा उल्लेख छ । फिफाबाट निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने, फिफा, एएफसी विकास कोषमा पहुँच र अन्य सदस्य संघहरूलाई एन्फासँग खेलकुद सम्पर्क कायम राख्न निषेध गर्ने कुरा पनि पत्रमा उल्लेख छ ।

स्वीकृतिविना नै निर्वाचन गर्न लागेको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चैत १२ गते एन्फालाई ३ महिनासम्मका लागि निलम्बन गरेको थियो । निलम्बनपछि एन्फाले नेतृत्वले चैत १३ गते तय गरिएको निर्वाचन स्थगित गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
यातायात व्यवस्था कार्यालय पर्साका अधिकृत गौतविरुद्ध अरोपपत्र दायर
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा हुदैछ कारोबार ?
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
बंगलादेशमा हिंसा : चार जनाको मृत्यु, गोपालगञ्जमा लगाइयो कर्फ्यू
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
पोखरामा नगर बस दुर्घटना, २३ जना घाइते
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कुस्मा बजारमा ८० लाख खर्चेर निर्माण गरिएको घण्टाघर प्रयोगहीन, घडी नै नेपालमा पाइएन
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
कैद भुक्तानी गरिसकेको व्यक्तिलाई चारित्रिक प्रमाणपत्र दिँदा कैद बस्नुको कारण उल्लेख नगरी दिऔँः सांसद प्रधान
बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु
बाजुरामा बस दुर्घटना : घाइते बस सह–चालक जोशीको उपचारका क्रममा मृ*त्यु
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू
मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण शुरू