दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
२६ पटक हेरिएको
Shares
दोस्रो अभ्यास खेलमा महिला यू-१९ टिमले अमेरिकाविरुद्ध ब्याटिंग गर्दै

सारांश

  • महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा अहिले अमेरिकाको सामना गरिरहेको छ ।
  • यस खेलमा नेपालले पहिला ब्याटिंग गरिरहेको छ ।
  • यसअघि मलेसियास्थित कोलेज टुनकु जाफर मैदानमा सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भएको थियो ।

 

२ माघ,  काठमाडौँ । महिला यू-१९ क्रिकेट विश्वकप खेल्न मलेसिया पुगेको नेपाली टिमले दोस्रो अभ्यास खेलमा अहिले अमेरिकाको सामना गरिरहेको छ । यस खेलमा नेपालले पहिला ब्याटिंग गरिरहेको छ । यसअघि मलेसियास्थित कोलेज टुनकु जाफर मैदानमा सम्पन्न पहिलो अभ्यास खेलमा नेपाल वेस्टइन्डिजसँग ९ रनले पराजित भएको थियो । विश्वकप खेल्न पुजा महतोको कप्तानीमा १५ सदस्यीय टिम मलेसिया पुगेको छ ।

नेपाली टिममा पुजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान) साना प्रविन, ज्योत्सनिका मारसिनी, कुसुम गोदार, अलिशा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ, त्रिसना विक, किरण कुमारी कुनवार, रिया शर्मा, रचना चौधरी, सीमा केसी, स्नेहा महरा र अनु कडायत रहेका छन् । विश्वकपमा नेपाल समुह डी मा रहेको छ । समुह डी मा नेपालसहित अस्ट्रेलिया, बंगलादेश र स्कटल्याण्ड रहेका छन् । नेपालले पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्दै छ भने दोस्रो खेल जनवरी २० मा स्कटल्याण्डसँग खेल्दै छ ।

त्यस्तै जनवरी २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेका छन् । मलेसियामा जनवरी १८ देखि शुरु हुने यस विश्वकपमा १६ देशले भाग लिदै छन् । जसमा नेपालसहित आयोजक मलेसिया, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, भारत, आयरल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका, वेस्ट इन्डिज, नाइजेरिया, सामोआ, स्कटल्याण्ड र अमेरिका रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?