आजदेखि संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १, २०८०
|
|
२५ पटक हेरिएको
Shares
आजदेखि संसद्‌मा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल हुँदै

सारांश

  • आज प्रतिनिधिसभा बैठक बस्दै छ ।
  • संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ ।
  • आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ।

१ चैत, काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८१–०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची छ। यस्तै, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० तथा निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा सांसद प्रेम सुवालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?