मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मधेश प्रदेशको आगामी वर्षको बजेट मन्त्रिपरिषदबाट पारित

सारांश

  • आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको हो।
  • मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताए।
  • उनले भने, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ।

१ असार, जनकपुरधाम :

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तावित बजेट मन्त्रिपरिषद्को बैठकबाट पारित गरेको छ। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बजेट अनुमोदन गरेपछि अब सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरिएको हो। मुख्यमन्त्री सतिश कुमार सिंहले मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको जानकारी दिँदै अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बताए।

उनले भने, “मन्त्रिपरिषद्को बैठकबाट बजेट पारित भइसकेको छ। अब प्रदेश सभा बैठकमा अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुहुनेछ।” प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले प्रदेशसभामा बजेट वक्तव्य पेस गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहले जानकारी दिए। प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम केही दिनअघि सार्वजनिक गरिसकेको छ। नीति तथा कार्यक्रममा समेटिएका प्राथमिकता, लक्ष्य र घोषणाहरूलाई कार्यान्वयन गर्न आगामी वर्षको बजेटले आर्थिक रूपले आधार बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?