बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आश्विन १३, २०८१
|
|
७५ पटक हेरिएको
Shares
बाढी पहिरोबाट कोशीमा १४ जनाको मृत्यु, आठ बेपत्ता

सारांश

  • हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
  • प्राप्त जानकारीअनुसार अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन् ।
  • कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको हो ।

१३ असोज , काठमाडौँ । हिजो साँझसम्म कोशी प्रदेशमा परेको अविरल वर्षाका कारण धेरै जनधनको क्षति भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्राप्त जानकारीअनुसार अविरल वर्षाले प्रदेशमा १४ को मृत्यु, १३ घाइते, आठ जना बेपत्ता भएका छन्

। कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी भीमबहादुर दाहालका अनुसार मृत्यु हुनेमध्ये इलामका एक जनालाई खोलाले बगाएर र अन्य सबैको पहिरोमा परेर मृत्यु भएको हो । बेपत्तामध्ये पहिरोले चार र खोलाले चार जनालाई बगाएको छ ।बाढी पहिराले गर्दा सोही अवधिमा चार सय नौ परिवारका एक हजार ६५० जनालाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ । उच्च जोखिममा रहेका घर तथा कार्यालयको सङ्ख्या एक हजार ९२ रहेको र ५९ वटा बाटो अवरुद्ध रहेको सूचना अधिकारी दाहालले जानकारी दिए

अविरल वर्षाले इलाममा एक, पाँचथरमा पाँच, उदयपुरमा एक र सोलुखुम्बुमा पाँच गरी १४ जनाको मृत्यु भएको छ । प्रदेशमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको सूचना अधिकारी दाहालले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
महाधिवेशन विवादमा सहमति खोज्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुनुपर्छ : अध्यक्ष लिङ्देन
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
द्रुत बस सेवाका लागि धमाधम बन्दै ‘डेडिकेटेड लेन’
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   
पन्ध्र दिनमा १३ क्विन्टल गाँजा बरामद   
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
छात्रालाई ‘ह्याप्पी बर्थडे मेरी जान’ भन्ने शिक्षक प्रहरीको हिरासतमा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् एजेण्डा ?
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला २० निर्णय
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था
ललितपुरमा विदेशी सहयोगमा इस्लाम धर्म प्रचार, अध्यागमनको निगरानीमा टर्किस संस्था