तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ ८, २०८२
|
|
२३ पटक हेरिएको
Shares
तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आगलागी

सारांश

  • तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ ।
  • नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।
  • इन्टरनेट, फोनलगायतको केबलबाट आगलागी सुरु भएको हो ।

८ असार, काठमाडौं ।

तार सर्ट भएर थापाथलीस्थित बिजुलीको पोलमा आइतबार आगलागी भएको छ । नेपाल खाद्य संस्थान कार्यालय नजिक दिउँसो साढे ४ बजेतिर आगलागी भएको हो ।इन्टरनेट, फोनलगायतको केबलबाट आगलागी सुरु भएको हो ।

 आगलागी दमकलको सहायतामा केही समयमै निभाइएको प्रहरीले जनाएको छ । आगलागीका कारण सिंहदरबार आसपास, माइतीघर र थापाथली क्षेत्रमा केहीबेर यातायात सञ्चालन अवरुद्ध भएको थियो । अव्यवस्थित तारका कारण काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा बेला-बेलामा यस्ता घटना हुने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?