Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र ३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

सारांश

  • नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ।
  • निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ।
  • १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ।

३ चैत, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ। निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरु परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ। १०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ। हिँदयामको माग बमोजिम विद्युत आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो महत्व भएकाले प्राधिकरण व्यवस्थापनले मध्यकोटेकोशीलाई शीघ्र सञ्चालनमा ल्याउन पहल साथै ताकेता गरेको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र चिलिमे जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० एवम् मध्यभोटेकोशी जलविद्युत कम्पनी सञ्चालक समितिका अध्यक्ष सुभाष कुमार मिश्र सम्मिलित टोलीले शनिबार प्रसारण लाइन र सबस्टेसनको अनुगमन भ्रमण गरी निर्माण प्रगतिका विषयमा जानकारी लिएको छ। मध्यभोटकोशी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाह हुने तामाकोशी–काठमाडौँ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४०० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ। प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा भइसकेका छन्। करिब एक किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ।

४०० केभी नयाँ खिम्ती–बाह्रबिसे प्रसारण लाइनलाई तत्काल २०० केभीमा सञ्चालन ९चार्ज०मा ल्याएर मध्यभोटेकोसीको विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रीडमा समाहित गरिनेछ। उक्त लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा आवश्यक संरचना राख्ने प्रक्रिया अगाडि बढिसकेको छ। कार्यकारी निर्देशक घिसिङ नेतृत्वको टोलीबाट खिम्ती–बाह्रबिसे लाइनलाई २०० केभीमा चार्ज गर्न नयाँ खिम्ती र बाह्रबिसे सबस्टेसनमा भइरहेका काम र गर्नु पर्ने बाँकी कामका विषयमा छलफल गरी बाँकी काम तत्काल अगाडि बढाउन आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई निर्देशन दिइएको छ। प्रसारण लाइनअन्तर्गत सिन्धुपाल्चोको त्रिपुरासुन्दरी गाउँपालिका–२ चौकटामा जारी तार तान्ने कामकोसमेत टोलीले निरीक्षण गरेको थियो।

हिउँदयामको विद्युत भार व्यवस्थापनका लागि ४० मेगावाटको पनि ठूलो भूमिका हुने भएकाले दुवै आयोजनाको निर्माण संवेदनशील र अत्यावश्यक देखिएकाले अनुगमन गर्न आफैं फिल्डमा आएको उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले निर्माणलाई गम्भीर रुपमा लिएर बाँकी काम आवश्यक समन्वय गरी तीब्र रुपमा अगाडि बढाउन निर्देशन दिए। बाह्रबिसे नगरपालिका–५ स्थिति मध्यभोटेकोशी आयोजनाको विद्युतगृहको स्वीचयार्डबाट सोही नगरपालिका–३ स्थित प्राधिकरणको बाह्रबिसे सबस्टेसन जोड्ने करिब चार किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण भइसकेको छ।

तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् प्रवाहका लागि तामाकोशी–काठमाडौं प्रसारण लाइन निर्माण गरिएको हो। बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ। आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
०८४ मा माओवादीले २५० सिट जितेर पहिलो दल बन्ने प्रचण्डको दाबी
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
मधेसमा खडेरी र सुक्खाका कारण उत्पन्न संकट समाधानका लागि सरकार गम्भीरः मन्त्री गुरुङ
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
विद्युत प्रसारण लाइनको तार मुनिको जग्गा कित्ताकाट गर्न पाइने
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
नेपाल बार एशोसिएशनको २७औंँ केन्द्रीय कार्यसमितिका लागि मतदान सुरु
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन : मन्त्री सिंह
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
‘सिँचाइ र कृषिको संयुक्त प्रयासबाट खाद्य सुरक्षाको स्थायित्व’
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य, धनन्जयले लिए तीन विकेट
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै