चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
२९ पटक हेरिएको
Shares
चुरेक्षेत्रको विनाशका कारण मधेस प्रदेशमा सिँचाइलगायत समस्या उत्पन्न भए

सारांश

  •      सरकारको दोहोरो नीतिले चुरेक्षेत्रको विनाश भएका कारण मधेस प्रदेशमा सिँचाइ समस्या उत्पन्न भएको सरोकार भएकाहरूले बताएका छन् ।
  • विश्व पानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषय गोष्ठीमा यस्तो बताइएको हो ।
  • कार्यक्रममा मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले भूमिगत जल विकास र दिगो व्यवस्थापनमा सङ्घीय सरकारको नीति र योजना बाधक रहेको आरोप लगाउनुभयो ।

७ चैत, जनकपुर ।    

सरकारको दोहोरो नीतिले चुरेक्षेत्रको विनाश भएका कारण मधेस प्रदेशमा सिँचाइ समस्या उत्पन्न भएको सरोकार भएकाहरूले बताएका छन् ।विश्व पानी दिवसका अवसरमा आज जनकपुरधाममा आयोजित ‘भूमिगत जलको दिगो विकास र व्यवस्थापनका लागि चुनौती र अवसरहरू’ विषय गोष्ठीमा यस्तो बताइएको हो । कार्यक्रममा मधेस सरकारका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवले भूमिगत जल विकास र दिगो व्यवस्थापनमा सङ्घीय सरकारको नीति र योजना बाधक रहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “भूमिगत जल क्षेत्रमा हाल उत्पन्न समस्याको प्रमुख कारण चुरे वनजङ्गल विनाश, चुरेबाट निस्किने नदीनालामा गिट्टी–बालुवा उत्खनन रोक्नु र भूमिगत जलको दोहन हो । भूमिगत जल विकास तथा दिगो व्यवस्थापनका लागि वाटर लेभल रिचार्ज अतिआवश्यक छ, यसमा ध्यान दिऔँ ।” सङ्घीय सरकारले एकातिर चुरेको वनजङ्गल विनाश नियन्त्रणका नाममा बर्सेनि करोडौँ रुपैयाँ खर्चंदै आएको अर्कोतिर सरकारले नै बस्ती विकास र विभिन्न सडक निर्माणको नाममा विनाशलाई प्रश्रय दिइरहेको मन्त्री यादवको आरोप छ ।

यति मात्र होइन नदीनालामा जम्ने बालुवा गिट्टी उत्खननमा रोक लगाउँदा हाल नदी र खेतीयोग्य जग्गाको तह बराबर भएकाले थप समस्या उत्पन्न भएको उहाँको गुनासो थियोे । “अब मधेश प्रदेशले भोगेका समस्या र पानीका चुनौतीलाई व्यवस्थित रूपमा सम्बोधन गर्ने ढाँचा तयार पार्न सरकारी निकाय, स्थानीय समुदाय, अनुसन्धान समूह र नागरिक समाजका संस्था तथा वकालत समूहबीच साझेदारी र सहकार्य आवश्यक छ । प्रदेश सरकार यसका लागि प्रयासरत छ”, मन्त्री यादवको भनाइ थियो ।

वातावरण ऊर्जा तथा जल अनुसन्धान केन्द्र (सिआरइइडब्लु) द्वारा आयोजित गोष्ठीमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खङ्गले प्रदेश सरकार सिँचाइको विकासमा योजनाबद्ध तरिकाले काम गरिरहेको जानकारी दिनुभयो ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
प्रधानमन्त्री कप फागुन २५ गतेदेखि
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता
अमेरिकाबाट काठमाडौं आएका व्यक्ति एअरपोर्टबाटै बेपत्ता
कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता
कर्णाली पुलबाट नदीमा हाम फालेर महिला बेपत्ता
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले सात पुल बगायो, डेढ करोड बढीको क्षति
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
सीमानाकामा हुने अवैध चोरीपैठारी र निकासी रोक्न गृहमन्त्रीको निर्देशन
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
काठमाडौं जिल्लाव्यापी बृहत् खेलकुद प्रतियोगिता असार १ गतेदेखि
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही
जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने: राप्रपा प्रमुख सचेतक शाही
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा
रविको बन्दीप्रत्यक्षीकरण रिट प्रधानन्यायाधीशसहितको इजलासमा