जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष ११, २०८१
|
|
३३ पटक हेरिएको
Shares
जोरपाटीबाट बरामद ९२ लाखको ‘सुन कनेक्सन’ खोज्दै प्रहरी

सारांश

  • दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्‍यो ।
  • अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरेको थियो ।
  • पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका रवीन धमला र सङ्‍खुवासभा घर भएका सन्तोष खाती पक्राउ परेका थिए ।

११ पुस, काठमाडौं । दुई फरक ठाउँबाट मंगलबार राति ९२ लाख रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गर्‍यो ।

अपराध अनुसन्धान कार्यालयको ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरेको कमान्डमा खटिएको टोलीले ९२ लाख रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रसुवा घर भएका जीतबहादुर तामाङ, सिन्धुपाल्चोक घर भएका रवीन धमला र सङ्‍खुवासभा घर भएका सन्तोष खाती पक्राउ परेका थिए । तामाङ र धमलाको साथबाट ७७ लाख र खातीबाट १५ लाख गरी प्रहरीले ९२ लाख रुपैयाँ बरामद गरेको थियो ।

उनीहरू काठमाडौंको लोलाङ र जोरपाटीबाट पक्राउ परेका हुन् । अवैध सुन कारोबार हुन लागेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । यो रकम अवैध सुन खरिद बिक्रीको हुनसक्ने देखिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई बताउँछन् । ‘अवैध सुन खरिद बिक्रीको रकम भएको आशंकामा अनुसन्धान गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानमा यसको नेक्सस सुनसँग देखिन्छ,’ एसएसपी भट्टराईले भने । पक्राउ परेका मध्ये धमलाको जोरपाटी र रसुवामा सुन पसल रहेको समेत खुलेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
पहिरोका कारण कान्तिलोकपथ अवरुद्ध
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
लागुऔषध कारोबारीको बिगबिगी, २४ घण्टामा आठ जना पक्राउ
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
पूर्वाधार विकासको लागि आन्तरिक पुँजी परिचालन आवश्यक : अध्यक्ष ढकाल
झापामा नेपाल-भारत सीमा स्तम्भ मर्मत सुरु
झापामा नेपाल-भारत सीमा स्तम्भ मर्मत सुरु
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
मार्फा-जोमसोम खण्ड वैशाखभित्र सम्पन्न गर्न निर्देशन
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
राष्ट्रियसभा सदस्य निर्वाचन : आज उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिन सकिने
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा १४ जना प्यालेस्टिनीको मृ*त्यु
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प
रुकुम पूर्व केन्द्रबिन्दु भएर ४.६ म्याग्नीच्यूडको भूकम्प