Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
४३ पटक हेरिएको
Shares
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

सारांश

  •   सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
  • प्रतिनिधिसभाको बैठक बिहान ११.
  • ०० बजे बस्ने कार्यसूची छ ।

१४ जेठ, काठमाडौं । 

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ । युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक गम्भीर
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
वीरगञ्ज सुक्खाबन्दरगाहद्वारा १० महिनामा ४१ अर्ब राजस्व सङ्कलन
राष्ट्रिय सभा बैठक पनि स्थगित
राष्ट्रिय सभा बैठक पनि स्थगित
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
कुनै पनि किसिमको अपराध हुन नदिन सरकार कटिबद्ध छ : गृहमन्त्री अर्याल
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
सञ्चारमन्त्रीको अध्यक्षतामा बसेको कार्यक्रमबाट रिसाउँदै बाहिरिइन् आशिका 
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
भक्तजनलाई शीतल बनाउन पशुपतिमा ‘कृत्रिम वाटर ड्रपलेट
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
राष्ट्रपति पौडेल द्वारा ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी उद्घाटन
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा
जेनजी आन्दोलनपछि बन्द रहेको मौलाकाली केबलकार सञ्चालनमा