सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ १४, २०८२
|
|
३० पटक हेरिएको
Shares
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै

सारांश

  •   सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ ।
  • प्रतिनिधिसभाको बैठक बिहान ११.
  • ०० बजे बस्ने कार्यसूची छ ।

१४ जेठ, काठमाडौं । 

सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११.०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ ।

यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ । युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१÷८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
प्रतिनिधिसभाको बैठक सुरु, विपक्षीले उठेर जनाए विराेध
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
नक्कली कागजात बनाउने गिरोह तीन जना पक्राउ
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
स्याङ्जामा स्कुटर ट्रकसँग ठोकिँदा एक जनाको मृ*त्यु
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
बलात्कार गरेको आरोपमा मधेस प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
आजको मौसम : यी स्थानहरुमा चट्याङ्ग सहित वर्षाको सम्भावना
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
कोको थिए रवि–बालेन सम्झौताका साक्षी ?
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
अब सीटीईभीटीमा प्रवेश परीक्षा दिनु नपर्ने, एसईईकै ग्रेडिङको आधारमा विद्यार्थी छनोट
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिने
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
राष्ट्रिय सभा बैठकका लागि ३० लाखमा हल व्यवस्थापन गरिंदै
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय
अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ४५ करोड ऋण स्वीकार, यी हुन् मन्त्रिपरिषदका १७ निर्णय