सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ९, २०८२
|
|
४२ पटक हेरिएको
Shares
आज विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सारांश

  • ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
  • सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
  • सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो ।

 

९ वैशाख, काठमाण्डौ –

आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २००९ मा राष्ट्र सङ्घको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० अप्रिल २२ तारिखमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा पहिलो पटक यो दिवस अमेरिकाले मनाएको थियो । यो दिनमा मानवीय गतिविधिले निम्त्याएको वातावरणीय क्षतिको विरोधमा संयुक्त राज्य अमेरिकाका मुख्य शहरहरूमा दुई करोड मानिस निस्किएका थिए ।

पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिन्छ । २०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान ठूलो चुनौतीको रुपमा आएको छ । वर्षेनी शून्य दशमलव १८ डिग्री सेल्सियसको दरले पृथ्वीको तापक्रम बढिरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओजाेन तहको नास, डर लाग्दा आँधी तुफान र सुनामीजस्ता प्राकृतिक विपद्का घटना बढेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि आज बिहानै बस्दै प्रदेशसभा बैठक
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
पोखरामा विद्यार्थीसहित स्कुल बस दुर्घटना
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
खाँडादेवीको दर्शन: राजधानी नजिकैको धार्मिक यात्राको उपयुक्त स्थल
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
प्रदेश र जिल्ला कार्यसमितिलाई रिक्त पदको विवरण पठाउन महामन्त्री थापाको निर्देशन
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
सहयोग जुटाएर एकाघरका चार दृष्टिविहीनलाई आवास बनाइँदै