निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २३, २०८२
|
|
२६ पटक हेरिएको
Shares
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ: अध्यक्ष दाहाल

सारांश

  • राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
  • आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनाव हुन्छ नै त्यसको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने बताए ।
  • उनले भने, ‘अर्को चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशन नै दिइएको छ ।

२३ कात्तिक, काठमाडौं ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् । आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक तरिकाले अनुरोध गरेको भन्दै चुनाव हुन्छ नै त्यसको लागि सहज वातावरण बनाउन छलफल गरेर जाँदा राम्रो हुने बताए ।

उनले भने, ‘अर्को चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशन नै दिइएको छ । यसमा सरकारको ध्यान जानुपर्छ निर्वाचनको वातावरण बनेको छैन् । अलि असहज छ । मुख्य सुरक्षाको कुरा आएको छ यसको बारेमा सरकारले छिटोभन्दा छिटो यसमा काम गर्नुपर्छ भन्ने खालको निर्देशनात्मक तरिकाले अनुरोध गरेका छौं । त्यसकारण चुनाव हुन्छ नै भनौ । त्यसका लागि कुन ठाँउमा समस्या छ त्यसलाई समाधान गर्ने, सचेत गराउने र सरकारलाई झकझकाउने विषयमा छलफल गरेर जाँदा राम्रो हुन्छ ।’

यस्तै, उनले राष्ट्रिय सभाको निर्वाचनका बारेमा पनि सरकार तयार भइसकेको भन्दै निर्वाचन हुन्छ नै त्यसमा दुविधा नरहेको बताए । उनले भने, ‘राष्ट्रिय सभाको निर्वाचनको बारेमा सरकार तयार भइसकेको छ । धेरैसँग छलफल भएर नै त्यो निर्णय भएको हो । निर्वाचन हुन्छ नै त्यसमा दुविधा छैन्, जटिल पनि छैन् ।’ राष्ट्रिय सभालाई खारेज गर्नुपर्ने कुराहरु पनि उठिरहेको अवस्थामा राष्ट्रिय सभा राम्रो छ र यसले काम पनि गर्छ भन्ने कुरा पनि देखाउन जरुरी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
हिरासतबाट भागेका स्वर्णलक्ष्मी सहकारीका प्रतिवादी ज्ञानबहादुर बम्जन पक्राउ
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
बागमती प्रदेशमा सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बारा नेकपा एमालेद्वारा अध्यक्ष ओलीको रिहाइको माग गर्दै ज्ञापनपत्र बुझाइयो
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
बढी नाफाको लोभ देखाउँदै ‘नेप्से एआई’ एपबाट ठगी धन्दा, सतर्क रहन आग्रह
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
सुनसरी बाट ९९.३ केजी गाजासहित दुई जना पक्राउ
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
नेपालको पर्यटन क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण: सचिव मैनाली
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
भारतमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु
संवैधानिक परिषद्को बैठक बस्दै
संवैधानिक परिषद्को बैठक बस्दै
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने
प्रधानमन्त्री ओली नेपाल-भारत बीचको फाइनल खेल हेर्न जाने