प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २७, २०८२
|
|
३४ पटक हेरिएको
Shares
प्रमुख प्रशासकीय अधिकृतसँग बैठक बस्न बालेन तयार, आज कार्यपालिका बैठक बस्दै

सारांश

  • काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ ।
  • मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए ।
  • कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए ।

२७ असार, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज बस्दै छ । मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएको महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंले जानकारी दिए । कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समितिको बैठक बस्ने बजगाईंले जानकारी दिए । उक्त बैठक लगत्तै उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।

यी प्रक्रिया पूरा गरेपछि दिउँसो २ बजे कार्यपालिका बैठक बोलाइएको हो । बैठकले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ । मेयर बालेन र प्रमुख कार्यकारी अधिकृत सरोज गुरागाईं बिचको टकरावले कार्यपालिका बैठक बस्न नसक्दा कानुनले तोकिदिएको समयसीमा भित्र बजेट ल्याउन काठमाडौं महानगरपालिका असफल भएको छ । स्थानीय सरकार संचालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि ऐनमा स्थानीय तहले असार १० भित्र बजेट ल्याउनुपर्ने व्यवस्था छ ।

मेयर बालेन शाह प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक बस्न नमानेपछि महानगरले बजेट ल्याउन नसकेको हो । तर मेयर शाहले आज बोलाएको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पनि सहभागी हुने भएका छन् । गुरागाईंले मेयरले बैठक बोलाएको जानकारी प्राप्त भएकाले आफू पनि सहभागी हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
क्रिकेट विश्वकप लिग टु : नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
विपद् व्यवस्थापनका लागि मिलेर अगाडि बढौँः मुख्यमन्त्री सिंह
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
एसईई नतिजामा कुन प्रदेशका कति विद्यार्थी ‘ग्रेड’? गणितमा सबैभन्दा धेरै ‘ननग्रेड’
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
सर्लाहीको बरहथवामा ट्याक्टर पल्टिँदा एकको को मृत्यु, एकै परिवारका ४ जना घाइते
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले
शिक्षकहरुको आन्दोलन आज पनि जारी
शिक्षकहरुको आन्दोलन आज पनि जारी
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक
दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
निजी क्षेत्रलाई गभर्नर पौडेलका आग्रह- उच्च मनोबलका साथ काम गरौं
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन
भारतसँग हारेपछि शोएब अख्तरको टिप्पणी- हाम्रा खेलाडीसँग विराट, रोहित र शुभमनजस्तो सीप छैन