दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १४, २०८०
|
|
६७ पटक हेरिएको
Shares
दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?

सारांश

  • नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ ।
  • आज एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो ।
  • ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा आवेदन माग भएको छ ।

आज एक सूचना प्रकाशित गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवेदन माग गरेको हो । ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेकाले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।  सूचना प्रकाशित भएको मितिले सातौँ दिनसम्म रितपूर्वक आवेदन दिन मन्त्रालयले अनुरोध गरेको छ । एमडीएमएस र टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको प्रश्न उठेपछि अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएसँगै यो पद खाली रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?