रसुवा बाढीमा ज्यान गुमाएका प्रहरीका परिवारले २५ लाख रुपैयाँ पाउने
सारांश
- रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति पाउने भएका छन् ।
- प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न कोष तथा संस्थाबाट गरी उक्त रकम प्राप्त गर्नेछन् ।
- परिवारले प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ, किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ पाउनेछन् ।
२४ भदौ, काठमाडौं ।
रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका नेपाल प्रहरीका परिवारले २५ लाख १० हजार रुपैयाँ राहत तथा क्षतिपूर्ति पाउने भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकका परिवारले विभिन्न कोष तथा संस्थाबाट गरी उक्त रकम प्राप्त गर्नेछन् । परिवारले प्रहरी कल्याण कोषबाट ३ लाख रुपैयाँ, किरिया खर्चबापत ४० हजार रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकबाट बीमाबापत ५ लाख रुपैयाँ र राष्ट्रिय बीमा संस्थानबाट २ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै, प्रहरी संगठनबाट विशेष राहतस्वरूप १० लाख रुपैयाँ, सञ्चयकोषबाट दुर्घटना क्षतिपूर्तिबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ४० हजार रुपैयाँ उपलब्ध हुनेछ । नागरिक लगानी कोषमा स्वेच्छिक बचत गर्ने प्रहरी कर्मचारीका परिवारले सर्तबमोजिम दुर्घटना बीमाबापत २ लाख रुपैयाँ र किरिया खर्चबापत ३० हजार रुपैयाँ पाउनेछन् । यी सबै शीर्षकबाट मृतक प्रहरीका परिवारले कुल २५ लाख १० हजार रुपैयाँ प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया