सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, बैशाख १४, २०८२
|
|
२१ पटक हेरिएको
Shares
सरकारले आन्दोलनमा घुसपैठ गरायो : शिक्षक महासंघ

सारांश

  • आज (आइतबार) शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् ।
  • ‘हामी शिक्षक हौं ।
  • लाठी छैन, केही छैन।

१४ वैशाख, काठमाडौं- 

नेपाल शिक्षक महासंघले शिक्षकको शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको आरोप लगाएको छ। आज (आइतबार) शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक ज्यान दिन तयार रहेको बताएका छन् । ‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन। शान्त आन्दोलनमा घुसपैठ गराएर सरकारले नाङ्गो रुप देखायो । यस्ता सरकार के, हजुरबाबु सरकार आए पनि दमन गर्न सक्दैन,’ उनले भने, ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छन् ।

हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस् ।’ बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । प्रहरीले पानीको फोहरा प्रहार गर्दा १५ बढी शिक्षक घाइते भएको महासंघले जनाएको छ । आन्दोलनमा बल प्रयोगपछि शिक्षकहरू झन आक्रोशित भएका छन्। भोलि थप शिक्षक कर्मचारी काठमाडौं आउने महासंघले जनाएको छ । ‘भोलि यो भन्दा तीन गुना शिक्षक भेला हुनेछन् । अब हामी पनि आउँछौ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नु भएको छ,’ अध्यक्ष सुवेदीले भने । नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित शैक्षिक आन्दोलनलाई ‘अन्तिम र निर्णायक धक्का’ दिनुपर्ने अवस्था आएको भन्दै देशभरका शिक्षक तथा विद्यालय कर्मचारीलाई राजधानी आउन आह्वान गरेको छ ।

आन्दोलनमा सहभागी भएका शिक्षक र विद्यालय कर्मचारीलाई धम्की, सरुवा र राजीनामाको दबाब दिने कार्य कतिपय स्थानीय तहबाट भएको महासंघले जनाएको छ। संविधानले दिएको सामूहिक सौदावाजीको अधिकारको सम्मान गर्न स्थानीय तहलाई आग्रह गर्दै महासंघले यस्ता गतिविधिबाट विचलित नहुन सबै शिक्षक तथा कर्मचारीलाई अनुरोध गरेको छ । महासंघले आन्दोलनलाई निर्णायक बनाउँदै शिक्षकको हकहित सुनिश्चित गर्न सम्पूर्ण शिक्षक कर्मचारीलाई साथ दिन आह्वान गरेको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा आन्दोलनलाई अझ सशक्त बनाउँदै ‘अग्रगामी ऐन’ जारी गराउन अन्तिम धक्का’ आवश्यक भएको उल्लेख छ । महासंघले २०८१ चैत्र २० गतेबाट सुरु भएको शैक्षिक सडक आन्दोलन २५ दिन नाघिसकेको जनाएको छ । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–मैत्री विद्यालय शिक्षा ऐन ल्याउन दबाब दिन सुरु गरिएको आन्दोलन अहिले निर्णायक चरणमा पुगेको महासंघको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
पश्चिमी वायुको प्रभाव कायमै, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
विपद व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बस्दै, राहत वितरणसहित ९ एजेण्डा तय
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: श्रीलङ्कासँग भिड्दै नेपाल
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
गृहमन्त्रीले राजीनामा दिनुपर्छ नैतिकता देखिन्छ: शेखर कोइरालाले भने
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
पहिरो खसेको कारण रोल्पामा सहिद राजमार्ग पूर्ण रूपमा अवरुद्ध
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
चार जना मान्छेको जागिर खोसिएको भन्दा देशको स्वाधीनता ठूलो हो : प्रधानमन्त्री
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो