मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन २६, २०८१
|
|
५३ पटक हेरिएको
Shares
मोटरसाइकल एकआपसमा ठोक्किँदा एकको मृत्यु, दुई जना घाइते

सारांश

  • झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
  • दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
  • बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

२६ असोज, काठमाडौं । झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। बाबु त्रिलोचन भण्डारीले चलाएको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकलको पछाडि बसेका आलोकलाई उपचारका लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषित गरेको प्रवक्ता चन्दले बताए।

दुर्घटनामा प्रदेश १–०१–०१४ प ९९३ नंको मोटरसाइकल पछाडि सवार भद्रपुर–१० का २४ वर्षीय विपान्सु राउतको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य छ। मे८प २८३५ नम्बरको मोटरसाइकल चालक भद्रपुर–८ का २५ वर्षीय सञ्जिव गिरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेका छ। उनको अवस्था भने गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
काठमान्डुसँग चितवन ५३ रनले पराजित
काठमान्डुसँग चितवन ५३ रनले पराजित
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
संविधानलाई धेरै नचलाई चुनावको घोषणा गरिएको छ, तोकिएकै समयमा हुनुपर्छ: शेखर कोइराला
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
सिरहा जिल्ला अदालत अगाडि विस्फोटक पदार्थ पड्कियो
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माण अन्तिम चरणमा : प्रधानमन्त्री
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
सरकार र बालेनको लडाईँ : काठमाडौं टावर नै भत्काउने महानगरपालिकाको तयारी
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
जसपा नेपालले गठन गर्‍यो संसदीय बोर्ड
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृ*त्यु