सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तोडफोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ३१, २०८१
|
|
३० पटक हेरिएको
Shares
सुत्केरी महिलाको मृत्यू भएपछि अस्पतालमा तोडफोड

सारांश

  • मौसम झा धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यू भएपछि तोडफोड गरिएको छ ।
  • लक्ष्मिनिया गाउँपालिका ५ बनिनियाका अमर यादबको २८ वर्षीया श्रीमती अनिता यादबको आज बिहान ९ बजे मृत्यु भएको हो ।
  • सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यू भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

जनकपुरधाम । मौसम झा

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा एक सुत्केरी महिलाको मृत्यू भएपछि तोडफोड गरिएको छ ।

लक्ष्मिनिया गाउँपालिका ५ बनिनियाका अमर यादबको २८ वर्षीया श्रीमती अनिता यादबको आज बिहान ९ बजे मृत्यु भएको हो । सुत्केरी भएको १० घण्टा नबित्दै उनको मृत्यू भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् ।

व्यथा सुरु भएपछि शनिवार मध्यरातमा अनितालाई अस्पताल लगिएको थियो । आइतवार करिब ११ बजे शल्यक्रिया मार्फत् सुत्केरी गराइयो । बच्चा सकुशल छन् ।तर आमाको मृत्यु भएपछि उनका आफन्त आक्रोशित हुँदै तोडफोडमा उत्रेका थिए ।

मृतकका आफन्तले शल्यक्रिया गर्ने चिकित्सकलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरु तोडफोडमा उत्रेपछि केहिबेर अबस्था तनावग्रस्त बनेको थियो ।

घटनापछि अस्पतालमा प्रहरी र जनप्रतिनिधि पुगेर छलफलको वातावरण बनाएपछि अबस्था सामान्य बनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
कैलालीबाट डेढ किलो चरेससहित चार जना पक्राउ
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
नेपाल यू-१९ महिला टी-२० विश्वकपमा छनौट
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
संस्कृतिक कार्यक्रम मेला तथा कुनै कार्यक्रम संचालन गरेमा प्रचलित कानुन बमोजिम कार्यवाही गर्ने: न.पा. प्रमुख सिंह
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
जेनजी आन्दोलनमा स्टाटस लेख्ने वडाध्यक्ष पक्राउ, साइबर क्राइमको मुद्दा
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार
११ महिनापछि शेयर बजारमा २१ अर्बभन्दा बढीको कारोबार
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
मनाङको तिलिचो बेस क्याम्पमा फसेका ११ पर्यटकको उद्धार
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
बानेश्वरमा प्रहरी दमनपछि हिंसात्मक बन्यो आन्दोलन, २ जनाको मृ*त्यु
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति
लक्ष्मीपूजाको रात सर्लाहीका तीन ठाउँमा आगलागी, करोडौंको क्षति