काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र २१, २०८१
|
|
२६ पटक हेरिएको
Shares
काठमाडौं महानगरमा ताला फोडेर प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराइयो

सारांश

  • काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा प्रवेश गरेका छन् ।
  • कार्यकक्षमा महानगरले तलाएको ताला फोडेर उनलाई प्रवेश गराइएको हो ।
  • बिहीबार मेयर बालेन्द्र शाहबिनै बसेको कार्यपालिका बैठकमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय भएको थियो ।

२१ चैत, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यकक्षमा प्रवेश गरेका छन् । कार्यकक्षमा महानगरले तलाएको ताला फोडेर उनलाई प्रवेश गराइएको हो ।

बिहीबार मेयर बालेन्द्र शाहबिनै बसेको कार्यपालिका बैठकमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने निर्णय भएको थियो । उपमेयर सुनीता डंगोलको नेतृत्वमा बैठक बसेको थियो । उनलाई कार्यालयमा स्वागत गर्न कर्मचारीहरु भेला भएका थिए र नगरप्रहरीसँगको ठेलमठेलमा गुरागाईंलाई कार्यालयमा प्रवेश गराइएको थियो । गुरागाईं ०८१ पुस १४ गतेदेखि निलम्बनमा थिए, जुन निर्णय मेयर बालेनले गरेका थिए ।

काठमाडौं टावर १२ तलाको बनाउने भनिए पनि त्यसलाई १९ तलाको स्वीकृति दिएको आरोपमा गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाइएको थियो । महानगरपालिकाले गुरागाईंमाथि छानबिन गर्न तीन वटा समिति गठन गरेको थियो । तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काममा फर्किन आवश्यक वातावरण मिलाउन निर्देशन दिएको थियो । बालेन भने उनलाई कुनै पनि हालतमा नफर्काउने अडानमा थिए र नयाँ कार्यकारी अधिकृत पठाउनमा संघीय सरकारसँग माग गरिरहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
मतदाता नामावली बेच्दै निर्वाचन आयोग, १० हजार तिरे पाइने
सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
सांसदसहित राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
बर्दियाको भादा नदीमा बेपत्ता युवक मृत फेला
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
धादिङको थाक्रेमा लेदोसहितको पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
खो खो विश्वकपमा आज नेपाल र भारतबिच उपाधि भिडन्त
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
मुग्लिन–नागढुंगा सडक तीन दिनसम्म रातको समयमा बन्द हुने
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ
३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ