बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १, २०८२
|
|
२२ पटक हेरिएको
Shares
बन्नेभयो चलचित्र ‘द ब्ल्यू लाइट’

सारांश

  • चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ ।
  • सोमबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
  • खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् ।

१ मंसिर,काठमाडौं

चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकारलाई देख्न सकिन्छ ।
खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा चलचित्रका मुख्य पाँच कलाकार छन् । महेश त्रिपाठी, अर्पण थापा, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र आयुशमान देशराज जोशी पोस्टरमा अटाएका छन् । सबै पात्रमा समानता देखिन्छ, त्यो समानता हो नैराश्यता । पाँचै जना पात्र निराश देखिएका छन् । फरक यति हो, महेशको हातमा बञ्चरो छ । अरुको हात रित्तो छ ।
पात्रहरू तनावमा देखिए पनि त्यसको कारण के हो, त्यसबारे भने पोस्टर मौन छ । त्यसैले तनावमा मौनता साँधिरहेका सिनेमाका पाँच मुख्य पात्र भनेर भन्न सकिन्छ ।बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट रिलिजमा आउँदै छ । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् । आकाश उखेडा मख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
कम्युनिष्टहरुलाई एकताबद्ध गर्नु आजको आवश्यकता होः अध्यक्ष दाहाल
एनआईएमबीको संस्थापक सेयर बिक्रीमा
एनआईएमबीको संस्थापक सेयर बिक्रीमा
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
कलाकारिता जस्तो सृजनशिल क्षेत्रमा कुनै पनि किसिमको दबाव र अभाव हुनुहुँदैन्: मन्त्री खरेल
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
पार्टी समायोजन पछि रास्वपाको पहिलो केन्द्रीय समिति बैठक बस्दै
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
खादा मालाले एयरपोर्टको सुन्दरता बिगार्‍यो, नलगाइ आउनुः विमानस्थल
रानी–जोगवनी नाका ३ दिनलाई बन्द
रानी–जोगवनी नाका ३ दिनलाई बन्द
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
आर्थिक विधेयक २०८३ मा विचार गरियोस भन्ने प्रस्ताव पारित 
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
मोन्था चक्रवातको असरः कुलेखानी जलाशयको सतह १५१६ मिटर पुग्यो
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
सम्झौता कार्यान्वयनको माग गर्दै सहकारी पीडितको प्रदर्शन (तस्बिरहरु)
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत
८२ शाखा अधिकृतको पदस्थापन, ३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत