भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र ७, २०८१
|
|
२४ पटक हेरिएको
Shares
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहाल स्वदेश फिर्ता

सारांश

  • भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।
  • अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैङ्कको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उहाँ नेतृत्वको टोली त्यसतर्फ गएको थियो ।
  • मन्त्री दाहाल विश्व बैङ्कको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी हुनुभयो ।

७ चैत, काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल अमेरिकामा सम्पन्न यातायातसम्बन्धी एक अन्तरराष्ट्रिय कार्यक्रममा भाग लिएर आज स्वदेश फर्कनुभएको छ । अमेरिकाको वासिङ्टन डिसीमा मार्च १० देखि विश्व बैङ्कको आयोजनामा भएको ‘ट्रान्सफर्मिङ ट्रान्सपोर्टेसन २०२५’ मा भाग लिन गत फागुन २४ गते उहाँ नेतृत्वको टोली त्यसतर्फ गएको थियो । मन्त्री दाहाल विश्व बैङ्कको प्रधान कार्यालयमा ‘सस्टेनेबल ट्रान्सपोर्ट मिनिष्टरियल राउन्ड टेबल’ को उद्घाटन सत्रमा समेत सहभागी हुनुभयो ।

कार्यक्रममा मन्त्री दाहालले नेपालको भौगोलिक विविधता र पर्यावरणीय क्षेत्रको महत्व दर्शाउँदै नेपालको सडक सञ्जाल र यातायात विस्तारमा सरकारको प्राथमिकताबारे अन्तरराष्ट्रिय समुदायलाई प्रस्ट पार्नुभएको थियो । सडक सञ्जालको सुधार र विकासमा सरकारको ध्यान केन्द्रित रहेको बताउँदै उहाँले ग्रामीण क्षेत्रमा सडक सेवा विस्तार, सवारीसाधनको न्यूनतम लागत कायम गर्न र छोटा सडक सञ्जालको स्तरोन्नति गर्ने योजनाहबारे धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

मन्त्री दाहाल अमेरिकास्थित नेपाली दूतावासमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पनि सहभागी हुनुभयो भने नेपाली समुदायले आयोजना गरेको अन्तरक्रियालाई पनि सम्बोधन गर्नुभएको जनाइएको छ ।

(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
इन्द्रचोकमा पेस्तोल ताक्दै गहना पसलमा लुटपाट गर्ने पक्राउ
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
सामाजिक सञ्जाल बन्दविरुद्ध आज माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
मन्त्रिपरिषद् पुग्यो भूमि विधेयक
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
संघीय संसद्को महासचिवमा पदम पाण्डेको नाम सिफारिस
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
तिलगंगा क्षेत्रको संरचना हटाउन पशुपति क्षेत्र विकास कोषको सूचना
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
ठाकुरराम क्याम्पसमा एक हप्तादेखि रोकिएको मतगणना सुरु
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
अर्थ मन्त्रालयले तयार पार्यो एक सय दिनको कार्ययोजना
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
बालकुमारी आन्दोलनमा गम्भीर घाइते अर्का युवकको पनि मृत्यु
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
कानुनविपरीत वैदेशिक रोजगारमा पठाउनेलाई कारबाही गरिने
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै