अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४८ पटक हेरिएको
Shares
अन्नपूर्ण क्षेत्रमा एक लाख ४० हजार पर्यटक

सारांश

  • पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन्।
  • जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो।
  • आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए।

२६ चैत, गण्डकी ।

पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा गत साउनदेखि फागनुसम्ममा एक लाख ३९ हजार ५७९ विदेशी पर्यटक भित्रिएका छन्। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० हजार १६९ ले बढी हो। आयोजना प्रमुख डा रविन कडरियाका अनुसार सबैभन्दा बढी गत कात्तिकमा ३३ हजार ३१० पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए।

सबैभन्दा कम माघमा जम्मा नौ हजार ३४ पर्यटक ‘एक्याप’ भित्रिएका थिए। फागुनयता पर्यटक आवागमनमा वृद्धि भएको आयोजना प्रमुख डा कडरियाले बताए। चैत-वैशाख पदयात्राका लागि उत्तम मानिने हुँदा यो याममा पर्यटकको सङ्ख्या थप बढ्ने उनले बताए। गत वर्ष चैतमा वर्षकै सबैभन्दा धेरै ३५ हजार २६५ पर्यटकले अन्नपूर्ण क्षेत्र घुमफिर गरेका थिए। वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्रीको सङ्ख्या न्यून हुने गरेको छ। पदयात्राका लागि असोज-कात्तिक र चैत-वैशाखलाई उत्तम समय मानिने आयोजना प्रमुख डा कडरियाले बताए। पछिल्लो तीन वर्षको आँकडाअनुसार बर्सेनि उक्त क्षेत्रमा पर्यटकको आवागमन बढेको देखिन्छ। आव २०७९/८० मा एक लाख ७२ हजार १०८ पर्यटक ‘एक्याप’ भित्रिएकामा आव २०८०/८१ मा दुई लाख २२ हजार १८० पर्यटकले उक्त क्षेत्रका भ्रमण गरेका थिए। आव सकिन चार महिना बाँकी रहेकाले चालु आवमा पनि पर्यटक सङ्ख्या गत वर्षको तुलनामा वृद्धि हुने अनुमान आयोजना कार्यालयको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध, जहाज आकाशमै होल्ड
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
सुख्खा पहिरोले निर्माणाधीन अरनिको राजमार्ग अवरोध
आज पनि विपक्षीले संसद् अवरोध गर्ने
आज पनि विपक्षीले संसद् अवरोध गर्ने
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने प्रहरीमाथि छानबिन शुरू
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
उत्तरी गोवाको मन्दिरमा भागदौड, चारजनाको मृत्यु
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
दूधको भुक्तानी विरोध प्रदर्शनका ३४ किसान प्रहरी नियन्त्रणमा
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक
निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का
निर्वाचन आयोगको एकलौटी र गैरकानुनी निर्णयविरुद्ध सर्वोच्च पुगेका हौं : खड्का
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या
चक्कु प्रहारबाट मलेसियामा एक नेपालीको हत्या