राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, मंसिर १४, २०८२
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक : प्रचण्ड

सारांश

  • नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् ।
  • पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।
  • प्रचण्डले एमाले र कांग्रेसका ‘दुई तिहाइ’ बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे ।

पोखरा, चिप्लेढुंगा ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन् । पोखरा चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशको राष्ट्रिय स्वाधिनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्तिहरू एक जुट हुनु अत्यावश्यक भएको बताएका हुन् ।

प्रचण्डले एमाले र कांग्रेसका ‘दुई तिहाइ’ बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे । ‘हामीले राष्ट्र झण्डै धरापमा पुगेको देख्यौँ।सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौ । तर सरकारबाट हटाइयो । भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन।हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न शक्ति पुगेन,’उनले भने। उनले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधिनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे ।

‘चुनाव त हामी जीत्छौँ, जित्छौं । तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,’प्रचण्डले भने । आगामी फागुन २१ गते तोकिएको निर्वाचन हुनै पर्ने भन्दै प्रचण्डले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे । पछिल्लो समय सरकार सम्बन्धित पक्षहरूसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जना पक्राउ
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
बाढीका कारण पूर्वपश्चिम राजमार्ग ठाउँठाउँमा अवरुद्ध, माईखोलाको बाढी बस्तीमा पस्यो : सुगाबथानका २२ घर डुबानमा
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का
क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सरकारको प्राथमिकतामाः ऊर्जामन्त्री खड्का
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
सुख्खायामसँगै आगलागीका घटना बढ्दै, एक महिनामै ८ जनाको मृ*त्यु, ५५ घाइते
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
भरतपुर महानगरपालिका तोडफोडको प्रयास, प्रहरीद्वारा अश्रुग्यास प्रहार
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
नेपाली महिला क्रिकेट टोली मलेसियासँग पराजित
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल
सम्पदामा राजनीति नगरौं : सुनिता डंगोल