आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, कार्तिक २२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

सारांश

  • आज छठ पर्वको मुख्य दिन, भक्तजनहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्दै श्रद्धापूर्वक अर्घ अर्पण गरिरहेका छन्।
  • यसै अवसरमा देशभर उत्सवमय माहोल छ भने सरकारले सार्वजनिक बिदा पनि दिएको छ।
  • काठमाडौं उपत्यकामा छठको रौनक विशेष रूपमा देखिएको छ, जहाँ विभिन्न छठघाटहरू स्थापना गरिएका छन्।

काठमाडौं।

आज छठ पर्वको मुख्य दिन, भक्तजनहरूले अस्ताउँदो सूर्यलाई पूजा गर्दै श्रद्धापूर्वक अर्घ अर्पण गरिरहेका छन्। यसै अवसरमा देशभर उत्सवमय माहोल छ भने सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

काठमाडौं उपत्यकामा छठको रौनक विशेष रूपमा देखिएको छ, जहाँ विभिन्न छठघाटहरू स्थापना गरिएका छन्। काठमाडौं महानगरपालिकाले कमलपोखरी, गौरीघाट, वंशीघाट, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिर, बालाजु बाइसधारा र कोटेश्वर दोभानजस्ता स्थानहरूमा विशेष सजावट, सरसफाइ र सुरक्षा व्यवस्थापन गरेको छ।

तराईका प्रमुख धार्मिक स्थलहरूमा पनि आज भक्तजनहरूको ठूलो भीड छ। जनकपुरधामका गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ तलाउ, गोरधोइ पोखरी लगायतका सरोवरहरूको किनारमा श्रद्धालुहरू पूजा सामग्री लिएर भेला भएका छन्। यसैगरी, ग्रामीण क्षेत्रका पोखरी, तालतलैया, र खोलाकिनारका जलाशयहरूलाई विशेष रूपमा सजाइएको छ। पोखरी नभएका ठाउँहरूमा इनार सजाएर छठ पूजा गर्ने परम्परा पनि निरन्तर रहेको छ।

छठ पर्व विशेष गरी तराई क्षेत्रमा मनाइने भए तापनि अहिले पहाडी र हिमाली क्षेत्रमा पनि यसको लोकप्रियता बढ्दो छ। यसले नेपाली समाजमा सामाजिक सद्भाव र एकता थप बलियो बनाएको छ।

छठ व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र दुःखकष्ट हट्ने विश्वास जनस्तरमा कायम छ। यस अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत विभिन्न राजनीतिक दलका नेताहरूले देशवासीलाई शुभकामना दिएका छन्।

आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि भक्तजनहरू रातभर जाग्राम बस्ने र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्वको समापन हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
सुर्खेतमा एमाले मतगणनास्थलमा तोडफोड
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
माध्यामिक तहको शिक्षक लाइसेन्सका लागि आवेदन खुला
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
आजको मौसमः देशका केहि क्षेत्रमा सामान्य बदली भई वर्षाको सम्भावना
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
बर्षा ड्राईभिङ एण्ड ट्रेनिङ्ग सेन्टरको हैकमबादी सम्बन्धी समाचार प्रकाशन हुदाँ निराधार आरोप लगाउँदै 
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
मधेशमा विपदमा काम गर्न ४९ जना सशस्त्र प्रहरीलाई ११ हप्ते तालिम
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
भारतलाई हराउँदै पाकिस्तान यु –१९ एसिया कप च्याम्पियन
प्रतिनिधिसभा बैठक बस्दै
प्रतिनिधिसभा बैठक बस्दै
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल