एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आश्विन १५, २०८०
|
|
३४ पटक हेरिएको
Shares
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो

सारांश

  •   नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि  भएको निर्वाचनमा ९७७ मत खसेको छ ।
  • गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।
  • अधिवेसनमा ९९७ जना मतदाता थिए ।

१५ असोज, विराटनगर ।  नेकपा एमाले कोशी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि  भएको निर्वाचनमा ९७७ मत खसेको छ । गएराती भएको मतदानको मत गणना आज दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ । अधिवेसनमा ९९७ जना मतदाता थिए ।
अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा छ । अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक उम्मेद्वार खतिवडा भएको एमाले वृत्तमा चर्चा छ ।

विराटनगरस्थित होटल मनास्लु इनमा १२ गतेदेखि जारी अधिवेशनका नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भएको थियो । तर, नेताहरूबीच सहमति नहुँदा मतदानमा जानू परेको हो । अध्यक्षमा भिडेका मोरङका दुई नेतामध्ये विनोद ढकाल सुरुदेखि नै केपी शर्मा ओली गुटका नेता भनेर स्थापित व्यक्ति हुन्। अध्यक्षका अर्का उम्मेद्वार घनश्याम खतिवडा चाहिँ लामो समय माधवकुमार नेपाल समूहमा रहेर आठौं महाधिवेशनपछि ओली समूहमा पुगेका नेता हुन्।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ । त्यसका लागि  ४ सय ५० जनाको उम्मेदवारी परेको थियो । जसमध्ये उपाध्यक्षमा टिकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन् । सचिवमा  पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिष्पर्धा छ । दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ । चारदिन देखि नयाँ नेतृत्व चयनका लागि विराटनगर झरेको एमालेका  कार्यकर्ता अब चुनावको परिणामको प्रतिक्षामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बुधबार कस्तो रहला देशभरको मौसम?
बुधबार कस्तो रहला देशभरको मौसम?
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
सूचना-प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ को रूपमा आत्मसात गरौँ- प्रधानमन्त्री ‘प्रचण्ड’
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्‍मा पेस
यस्तो छ तपाईको आजको राशिफल
यस्तो छ तपाईको आजको राशिफल
२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा
२०८१ सालमा २०८१ जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
म्यानमारमा शक्तिशाली भूकम्प, थाइल्याण्डको राजधानीमासमेत धक्का महसुस
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
नेपालको जलविद्युत क्षेत्रमा १३ खर्बभन्दा बढी लगानी, निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला
नागढुंगा-मलेखु सडक आज र भोलि पूर्ण रुपमा खुला